Monthly Archives: April 2008

तिर्खा एक : रूप अनेक !


तिर्खा एक : रूप अनेक

तिर्खा अर्थात प्यास । सबैलाई थाहा भएकै कुरा हो । जेठको भतभत पोल्ने धूपमा हामी तिर्खाले आकुलव्याकुल हुन पुग्छौँ  छट्पटिन्छौं । हुनेले डीप फ्रिजमा चिस्याएको "मिनरल वाटर, कोकाकोला" वा समुद्रपारबाट आयातित डिब्बाका डिब्बा "जुस", नहुनेले माटाको घैंटोमा भएको "पानी" पिएर आआफ्नो तिर्खा मेट्छौं । तर यहाँ एउटा गम्भीर प्रश्न उठ्छ, के सबै तिर्खा एउटै प्रकृतिका हुन्छन र ? जसरी सबै मान्छे एकै हुन्नन्, त्यसरी नै यो तिर्खा र तिर्खा उत्पन्न हुने परिस्थिति पनि एकै हुन्नन् । तिर्खाको विषयमा त्यसैले गहिरो अध्ययन एवं बहस चलाउनै पर्ने देखिन्छ । तिर्खाको बहुआयामिक नाम चाहिं "तिर्खालोजी" नै राखे हुन्छ । हुन त तिर्खालोजीको खोजिनीति गरेर यहाँ प्रथम "तिर्खालोजिस्ट" बन्ने प्यास यो पङ्तिकारमा छैन तैपनि आफ्नो बलबुतोले भ्याएसम्म हाम्रो समाजमा व्याप्त तिर्खाका केही ‘फ्ल्यास ब्याक’ राख्ने जमर्को गर्दैछु ।

तिर्खा नं – 1

ओम गणेशाय नम: नभनीकन कुनै पनि कार्यको शुभारम्भ नहुने बाजेको पालाले त उहिल्यै सिल्टिमुर खाइसके । अहिले त, खाने बेलामा पनि राजनीतिका कुरा नछाँटी, खाएको मोटा चामलको भात पनि रुच्दैन, न बिहारी भैयाले हरियै पारेर रँगाएको परवलको भुटुवा । अझ अचम्मको कुरो त मलाई मेरा एकजना घनिष्ठ मित्रले भने – ‘समसामयिक राजनीतिको बारेमा सर्रर नसोचीकन त उनलाई "सुची" पनि हुन्न रे ! यस्तो अवस्थामा मैले विषयप्रवेश राजनीति बाहेक अन्यमा गरेंभने ठूलो धृष्टता हुनेछ । त्यसैले राजनीति तिर्खा" बाट शुरु गरौं कि !

राजनीतिक तिर्खा हाम्रो देशको हावापानीमाटो सुहाउँदो छ । यो तिर्खा लाग्दै लाग्दैन, लागेपछि भने बडो खरो हुन्छ । यसले जुत्ताको तलुवा फटाउने लोकल कार्यकर्तादेखि पजेरोको टायर खियाउने राष्ट्रिय नेतासम्म सबैलाई सताएको छ । यो तिर्खा मेट्न जल होइन, जीवनजलरूपी कुर्सी र कालो कोट नै चाहिंछ । त्यो तिर्खा लागेपछि ढल्ने त्रास र ढाल्ने आशले हिक्क….हिक्क नै पार्छ । त्यसपछि त जनसेवा, देशविकास, आस्था, सहिष्णुता र नीति आदि त खोलैमा बगून् भन्नुपर्छ ।

तिर्खा नं – 2

वर्तमान युग गीतसङीत, प्रेम र फेशनको युग हो भन्दा फरक नहोला । शेक्सपियरका जमानाका रोमियोजुलियट र भारत वर्षका लैलामजनुको त बजार भाउमा भारी स्फीति आईसकेको छ । आज त टोल टोलाँ, लैलामजनुको भीड छ । क्याम्पस हापेर हिन्दी फिलिम हेर्न हलभित्र पसेका युवाहरु बाहिर निस्कँदा आफुलाई सारा शहरकै शाहरुख ठान्छन भने हाम्रा चेलीहरु करिना र काजोलको साख्खै बहिनी बन्न बुटिक र पार्लर धाउँछन् । हे दैव ! हालसालै मैले भर्खरै के.जी. मा पढ्दै गरेकी मेरी भान्जीसंग; "नानू ! तिमी ठूलो भएर के बन्ने ?" भनेर सोध्या थिएँ । डाक्टर, इंजिनियर र नर्स त परै जाओस्, स्कुलमा गुरुमाले सिकाउनु भएको बिरालो हिंडाई अर्थात क्याट वाकका केही नमुना देखाउँदै नानूले आफ्नो लक्ष्य मिस नेपाल बन्ने भएको जोडदार धोषणा गरिन् । फेशन तिर्खाको नमुना देखेर म एकछिन ट्वाँ परें । आउने दिनमा मेरी क्यूरी, मदर टेरेसा, नाइटिंङ्गेल र हेलेन केलरका निरस कथा मात्र होइन, पाठ्यक्रममा ऎश्वर्य राय, ब्रिट्नी स्पेयर्स र जियानी भर्साचीका जीवनी पनि समावेश गरिनु पर्ने मैले अन्तरदिलमा महसुस गरेको छु ।

पढाई कम, लभ लेटर, मुक्तक (पाङ न पुच्छरका) र गजल लेख्ने भावुक मुड प्रेमतिर्खाले ल्याउँछ । यो तिर्खा लागेपछि शरीर हिलियम ग्याँस भरिएको बेलुन जस्तो हुन्छ रेचन्चल, सल्बल ! पहिलो नजरमै परेको प्रेमको औडाहा सहन नसकेर एफ.एम.मा "सङ डेडिकेट" गर्ने तिर्खालुको त कुरै छोडौंती आआफ्ना स्थानमा छँदैछन्

तिर्खा नं – 3

पोहोरसम्म त्यही माझीवनको कुवाको पानी पिएर हुर्केको हर्के, अरबबाट के फर्केको थियो, उसको तिर्खामै परिवर्तन आयो । "यस्तो पाखाको ठाउँमा पनि कहीं बस्न सकिन्छ ? यस्तो गर्मीमा पनि एक बोतल कोक खान रहर गर्नुपर्ने ।" उसले मध्य माघको ठण्डीमा लामो सुस्केरा हाल्दै भन्या थियो । अर्थात उसको तिर्खाले नयाँ काँचुली फेर्र्यो, नयाँ आयाम पायो । यस्तो तिर्खालाई "फुइँ तिर्खा" भन्दा कसो होला ? हुन पनि यो तिर्खाले हामीलाई गाँजेको छ भूपिले भने झैं । बादल बनेर हामी आफ्नो भूईंलाई बिर्सन्छौं र पुन: पछारिन्छौं । फुइँ तिर्खाले हाम्रो समाजमा जरो गाडेको छ । न्वारान र दाहसंस्कार पनि दातृराष्ट्रको अनुदानको भरमा हुनुपर्ने हाम्रो देशमा हामी विम्पी, निरुलाज र म्याकडोनाल्डको धक्कु लगाउँछौं, पेपे जिन्ज, लिभाईज र रे व्यानको फूर्ति देखाउँछौं ।

आफ्नै चेलीलाई नरकमा बेचेर घर आर.सी.सी. गर्ने तिर्खा, अरुको खुट्टा तानेर भएपनि आफ्नो हात जगन्नाथ पार्ने तिर्खा ।  हाम्रो समाजमा ढल्न लागेको पार्टीपौवा बचाउने तिर्खा, आफू जन्मेको पाखापखेरोको निम्ति केहि गर्ने तिर्खा भने बिरलै पाइन्छ । यो चाहीं सरापै परेको हो कि ?

(संकलित )

Holy Institution

I’m too much concerned about the future that what would be the fate of Monarchy. I really love this holy institution, under the umbrella of which, Nepalis fought with intruders, imperialists and kept their national sovereignty intact. The Monarchy has been providing a very strong leadership both in nation building and development fronts. This holy institution has been brought in severe criticisms for some years after the king stepped down from his direct rule. The monarchy is being  attacked severely from all around including cunning political parties and other so called civil society and etc etc. There’s a saying in Nepali, ”if you repeat a lie for 100 times, you would start to see it as a truth!" Much to our worries, the campaign of spreading hatred against the monarchy is continuously going on. And people are being brainwashed. But the monarchy is yet to defend itself from all these fake blames and attacks. Actually silence is a great action itself, as the monarch has recently mentioned it. But till when, it will remain silent and calm? Isn’t the time over now and it’s needed to take some concrete steps/actions? The king is mysteriously keeping mum. Actually, we want continuous, peaceful and gradual change not a devastating revolution. The future can’t be made bright by damning the past. The monarchy is a symbol of national unity and integrity. It must be continued for centuries. Simply, Nepal couldn’t survive without monarchy. People would know the importance of this holy institution soon or late, we hope.

Long Live the King and Queen! Long live the monarchy!!!


Am I Being Fooled?

I lent an unknown guy some thousands, just days ago. Actually, I met him in the RPP Nepal’s district party office. He’s a cadre of RPP Nepal and a frequent visitor to the office. That day, he was talking with everyone in telephone asking for some money he ”really needs”. But, everyone denied him. He went pale and may be he found himself helpless and I felt pity on him and decided to lend the amount i.e. 3000 Rs. He seriously promised me to return it the next day. But…….ha ha now, it’s been 4 days and I’m yet to receive my money. Did he betray me? Actually, He phones me every day and says that he’s coming to me to return my amount. But until now, he’s not actually come. I don’t think he can be a betrayer.

Actually I don’t know even his name. But we talked much that day about current political affairs. We were all total 3 in the office. He really impressed us by his greater knowledge in politics and other social affairs.

I’m still hopeful that he’d return my money some day. You think I’m being way too stupid? LOL.

Constitution Assembly Poll

CA poll has just finished and the result is astounding. Maoists have swept away the poll results. I conceive, this unanticipated result is the culmination of barring of other parties’ activities in most part of the kingdom, mainly small town and villages by the rebels and also their popularity as being ‘revolutionary’, new and fresh among the people. Actually, there was political vacuum for over a decade after Maoists launched their bloody war. I don’t think it’s a rebel’s victory but a shameful defeat of self-claimed democratic parties like NC and UML.