Monthly Archives: May 2008

गणतन्त्र मुर्दावाद


आज दिनभर अत्यन्त तनावग्रस्त रहें । जता जाऊ तथाकथित गणतन्त्रको कुरा । रेडियो खोल, गणतन्त्र; टीभी हेर, गणतन्त्र ; पत्रिका पढ गणतन्त्र । हुन त यी सन्चार माध्यमहरु शक्तिका पूजारी हुन् । राजा सत्ता र शक्तिमा हुँदाखेरि यिनिहरु राजा र राजसँस्थाको गुणगान गाएर थाकेनन् । र अहिले सात दलको महिमा बखान गरिरहेका छन् । जे होस्, आज अत्यन्त नै तनावग्रस्त रहेँ । राजसँस्थाको सल्लाह र सम्मतिबिना जबरजस्ती लादन  खोजीएको तथाकथित गणतन्त्रको कुप्रभाव समग्र देशमा कस्तो र कुन रुपमा पर्ने हो, त्यो त पछि बहसको विषय होला । तर तत्कालको लागी यो कागजी निर्णय भन्दा बढी नहोला । राजा ससम्मान नारायणहिटी राजदरबारमा राज होईबक्सेकै छ । राजालाई जबरजस्ती दरबारबाट निकाल्ने भन्ने कुरा अत्यन्त हाँस्यादपद र अबोध लाग्छ । विगत दुई वर्षदेखि चलिरहेको शान्ति प्रक्रियामा राजसँस्थाको अत्यन्त ठूलो सहयोग र समर्थन रह्यो । शताब्दियौदेखि उपभोग गर्दै आईरहेका आफ्ना सम्पुर्ण अधिकारहरु कटौती हुँदापनि शान्ति प्रक्रियाको सहजताको खातिर राजसँस्थाबाट कुनै प्रतिरोध भएन । बरु, राजनीतिक दलहरु र तथाकथित नागरिक समाजको एकोहोरो प्रहारको सामान्य खण्डन र प्रतिरोधसम्म पनि दरबारले गर्नु आवश्यक सम्झेन ।

जनआन्दोलन पछिको दुई वर्षमा राजसँस्थामाथि राज्यका हरेक क्षेत्रबाट, राजनीतिक दलहरुबाट र अन्य विभिन्न कोणहरुबाट एकोहोरो प्रहार भयो । जनतामा राजसँस्थाप्रति द्वेष र घ्रृणा फैलाउने काम श्रृंखलाबद्द र नियोजित रुपमा सन्चालन गरियो । झूठलाई पनि सय चोटी दोहोरयायो भने सत्य जस्तो लाग्छ रे । र, राजसँस्थाको हकमा पनि यही कुरा लागु हुन्छ । राजसँस्थाको विरुद्दमा यतिसम्म घृणा र अनर्गल प्रचार गरियो कि जनताहरुले नजानिकनै राजसँस्थालाई शत्रुको रूपमा हेर्न थाले । जुन अत्यन्त दु:खद कुरा हो । प्रजातन्त्र , राष्ट्रियता र संवैधानिक राजतन्त्र प्रति प्रतिबद्द हामी देशभक्त नेपालीहरुले यस कुरालाई चिर्न सक्नुपर्छ । इतिहासलाई अतिरंजीत र दोषयुक्त बनाउँदैमा भविष्य सुनिश्चित हुँदैन । क्रान्तिको नाममा ध्वंस होइन, निरन्तरता सहितको परिवर्तनलाई रोजौं । राजसँस्थालाई शान्ति, राष्ट्रियता र राष्ट्रिय एकताको प्रतीकको रुपमा स्वीकार गर्नुमा नै सबैको भलाई छ ।

जय देश, जय नरेश !

हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ !!!

संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र जिन्दावाद !

Advertisements

Nothing

Exams suck. Though, I’m going to finish them soon. Actually, I hate this engineering study. Actually, I wanted to read Arts, but my parents were keen to make me an engineer and I ended up in it. I myself was not so much savvy (and still not) about all these stuffs and accepted the decision with blind eyes. But, later (better now) I’m kind of repenting the decision. Anyway, I’ve to complete it by any means. Let’s see where the destiny leads. I do believe in destiny, very much. Generally, I perceive no one can success no matter how much they work, how much they labour unless the destiny favours them.

My Cowardice

I’ve been such a coward. I hugely lack confidence which is barring me from every good things I really can accomplish if I were a little bit confident. Anyway..The right time will surely come and I’ll ”resurrect” again; brave, confident and courageous The Ocean! LOL. These days, am too much addicted to horror and morbid things. To overcome my cowardice, I leave all my windows and doors (of the room) open till the midnight and read horror stories, watch such videos and other contents. LOL. Is it funny?. Am I being a goose? I think no, and I don’t have other options either to make myself stronger. But, I know I need a resurrection. I need an inspiration…I no longer can survive this cowardly. Just can’t haul it anymore forward this way.

नजिंकिदो मृत्यु ।


      वास्तवमा कोही कसैको नितान्त निजी कुरामा त्यति चाख राख्दैन, जबसम्म त्यो महत्वपुर्ण र इन्टरेस्ट्रिंग हुँदैन । म, एउटा नितान्त साधारण मान्छे । म सँग कुनै त्यस्तो आकर्षण छैन, जसले मान्छेहरुलाई प्रभावित पार्न सकोस । झन त्यसमाथि मेरो निजी कथाहरु, व्यथाहरु ! कति झूर र पट्यारलाग्दो होलान् ! कसैले सुन्ने हिम्मत गर्न सक्छ ? कसैले सुन्ने, बुझ्ने चाख देखाउन सक्छ ? हा हा हा । अँह, असम्भव ! तर त्यसो भन्दैमा म न यहाँ श्री स्वस्थानी व्रत कथाको कुमार बन्न गइरहेको छु, न त तपाईंहरु अगस्त्य ऋषि नै ! जसले हरेक राम्रानराम्रा कुराहरु चुपचाप सुनोस !! हा हा हा ।

     तपाईहरुलाई अचम्म लाग्न सक्छ कि म अहिले जुन हालतबाट गुज्रिहरेको छु, त्यो पुर्व नियोजित पक्कै थिएन, न कि मेरो कुनै गल्ति नै छ । म अहिले हरेक क्षण, हरेक पल मृत्यु कल्पेर बसेको छु । सुन्दा अचम्म लाग्न सक्छ, तर यो मेरो नियति नै बनिसकेको छ । अचेल मलाई मृत्यु अत्यन्त प्यारो लाग्छ । अब यसबाट कसरी भाग्ने ? असम्भव ! तर म मृत्युलाई जति माया गर्छु, त्यति नै त्यससँग डर पनि लाग्छ । हाय ! परिबन्दले मेरो सबैथोक लुट्यो । समय र परिस्थितिले मलाई यतिसम्म खोक्रो बनायो कि समुद्र भन्ने अब मान्छे रहेन, उ त पहिले नै जडतामा समाहित भैसक्यो, फेरि कहिल्यै त्यहाँबाट ननिक्लने गरि !! तर अझै पनि ममा सांसारिक माया, मोह्, लोभ, ईर्ष्याको मीठो धङ्धङी अझै बाँकि नै छ , चटक्क बिर्सन सकेको छैन । साथी भाईहरुसँग भेट्दा केहि हदसम्म मेरो जडता कमजोर भएको भान म आँफै पनि गर्छु, तर मलाई थाहा छ, त्यो मेरो देखासिकी मात्र हो ।

     जहिलेदेखि मलाई मृत्युको आभाष हुन थाल्यो, मलाई हरेक मान्छेहरु विचित्रका लाग्न थाले । मान्छेहरुको छलकपट, दौडादौडी, भागाभाग, अधैर्यता देख्दा अचम्म लाग्छ । टोलाउँछु । हुन त फूलको आँखामा फूलै संसार भन्छन् ।

     अर्को अनौठो कुरा, मेरो मृत्यु म आँफैले निर्धारण गर्नुपर्छ । मृत्यु आँफै आएर टपक्क टिपेर लाने कदापि होइन । त्यसको लागि म आँफु पनि तयार रहनुपर्छ । जुन्, म पहिल्यैदेखि छु । मात्र अनुकुल वातावरण र ठाउँको आवश्यकता छ । जसको लागि मैले के गरेको छैन ? र म विश्वस्त छु, एकदिन म मेरो लक्ष्यमा सफल हुनेछु ।

Beloved King & Queen

After a long time, I got to see our beloved King and Queen, offering a pray at a local temple in Kathmandu. I’m really elated. The king was sober and in good mood as though he’s been totally unknown about the burgeoning discussions of republic which is sadly only gaining momentum every other dawn. The king is mysteriously silent after he stepped down from his direct rule in April, 2006. But recently, he had given his regards and wishes for successful conduction of CA election before and after. And, his messages to his countrymen at the eve of New Year 2065 B.S. was highly appreciated. Now, some bad guys are talking about republic and are trying to dethrone the king. The worst critics of the monarchy, i.e. Maoists have nearly obtained a majority in CA election and many people think it’s not a good news for the monarch and monarchy at all. But, we Nepalis believe that no one and nothing can undermine the holy institution and take a decision about it on their own. It’s people who only can decide the fate of this institution, under the umbrella of which Nepalis fought the fight of freedom, democracy and sovereignty. Some handful of corrupt people and leaders can’t take the decision.

Monarchy, which united badly divided Nepal into a single country and kept the national unity and sovereignty safe, has been the symbol of national unity for centuries. We love it. We like it.

Let’s have a glimpse of our beloved king and queen here from their recent visit in a temple:

Life Sucks


Did Nothing. Life Sucks. It Just Does. I Want To Live No More. Seriously.

I Want To Die

This f**king life has not changed quite the way I want. I’m not going to be Einstein nor Elvis Pristley. I never let my dreams grow higher, higher than poor Nepalis could dream of. Neither have I any such extreme ambitions. The only ambition I (not only I, but we all) have is for money and fame. Lets keep fame aside, cos we are not going to be Nobel Laureate and talk about money. Money rules the world. If we talk about it, we would create an epic.

One of my friends often tells me, life is a w*hore, keep f*cking it. Do you agree? We empty ourselves and devote everything to this w*hore i.e. life. We keep f**king it, devoting it and making ourselves more empty and hollow and…….lastly, we die. But, I’m not going to hollow myself out more, that’s why I want to have an ”exemption” from all these sins and troubles and of course this w*hore. I’m weary and exhausted and tired of this hectic life and the unhealthy rat race. I need a rest, a longer sleep but no f**king dreams. What?! Yeah…I long a death!