म करोडपति बन्न चाहन्छु !


मान्छेले आँफुभन्दा तल्लो स्तरका मान्छेहरुलाई हेरेर चित्त बुझाउने भन्दा पनि आफुभन्दा माथिल्लो र सम्पन्न स्तरका मान्छेलाई हेरेर ईखालु हुने, असन्तुष्टी जाहेर गर्ने गर्दछ । र, यही कुरा ममा पनि लागु हून्छ  जसले गर्दा ममा कहिल्यै शान्ति भएन । म मात्रै किन; हजारौं, करोडौं मान्छेहरुको नियती यही हो म अत्यन्त सामान्य परिवारको मान्छे । गाडी, महल भन्ने कुरा मेरो बाबाआमाको लागी सँधै सपना रह्यो र मेरो लागि पनि रहने निश्चित नै छ । जीवनमा मैले ठुलो काम केही गर्छु भन्ने मलाई कहील्यै लाग्दैन । लागोस पनि कसरी, आफ्नो वर्तमान यथार्थतालाई नियाल्दा मैले आँफुलाई गलत कदापी पाउँदिन । ईन्जिनियर बनेर पनि हुने वाला केही छैन  ईन्जिनियर बनिसकेपछि जागिर जसोतसो खाउँला रे, दुईचार जना मान्छेहरुले मलाई ईन्जिनियर सा, सर" आदि भनेर बोलाउलान रे, बस् त्यति न हो । मलाई थाहा छ, मैले त्यसरी कमाउने पैसाले हुनेवाला केही  छैन । बिहानबेलुकाको छाकसम्म टर्ला, बस् । अफिस अथवा काममा जाँदाआउँदा मै मेरो जीवन सकिन्छ । र, फेरि पनि मेरा अनि परिवारका ती सपनाहरु सपनामै सिमित हुनेछन् । कहिलेकाहीं त यस्तो लाग्छ, म किन कुनै धनाढ्य परिवारमा जन्मिँन । बाबाआमाको पनि के दोष, उनीहरुले आँफुले सकेसम्मको मेहनत र परिश्रम त गरेकै छन् नि । आफ्ना सम्पुर्ण साधन र समय खर्चेर, पालन पोषण गरेर मलाई आज यहाँसम्म ल्याई पुर्र्याए ।

करोडपति हुने, संयुक्त राष्ट्रसँघको महासचिव हुने सपनाहरु मैले पनि नदेखेको होइन । तर सपना देखेर पनि के गर्नु । मेरो यो अवस्थाबाट ती सपनाहरुसम्म पुग्नु मेरो लागि असम्भव नै छ । असम्भव भन्ने कुरै हुँदैन भनेर ढोल पिट्नेहरुले धरातलीय यथार्थतालाई नजरअन्दाज गरेको म ठान्दछु ।

अर्को जुनीमा म कुनै धनाढ्य परिवारमा जन्मन पाउँ ! के यो सम्भव छ ?

Leave a comment