वास्तविकता/यथार्थता


यो कविता मैले कतै फेला पारेँ । र, मलाई अत्यन्त राम्रो लाग्यो । वास्तविकता/यथार्थता !

सोच्नुहोस त !

जन्म :

नवीन जीवन

सृजना नूतन

निष्कपट

एक आशा

एक किरण ।

शैशवकाल !

यो खेल्छु, त्यो खेल्छु

नत्र खाँदै खान्न

यो चाहियो, त्यो चाहियो

नत्र रोइदिन्छु

म त डाक्टर हुन्छु

ईंजिनियर बन्छु

अबोध चंचलता, अनि मिठो सपना ।

युवावस्था :

यो भएन, त्यो भएन

म त पढ्दै पढ्दिनँ

मोज मस्तीमा नै मन

गएँ बरु पिउन ।

अहिले स्वतंत्रताको खोजीमा

कसैलाई भेट्नु छ एकांतमा

प्रेम नै हो कि जीवन !

प्रौढावस्था :

यस्तो पो रहेछ, उस्तो पो रहेछ ।

शुन्यताको आभाष

के को डाक्टर, के को ईंजिनियर !

संघर्षको श्रीगणेश

खुलामंच, अनि खुला आकाश

व्यस्त सडक

अनि एक जिउँदो लाश

बुढेसकाल :

यो गरिनँ, त्यो गरिनँ

यो गरेको भए, त्यो गरेको भए ।

तर, अब के गर्ने ?

पुर्पुरोमा हात

धिक्कार !

अनि पश्चाताप

नजिकिंदैछ अब अँध्यारो रात ।

 

 

 
 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s