सुमधुर संगीत ।



उकाली ओराली गर्दै, आँखाभरी रहर भर्दै

आँधीबेहरीसँग लड्दै, खोलानदी सागर तर्दै,

दु:ख पीडा बिर्संदै म आएँ, परदेशबाट फर्की आएँ


आफ्नै गाउँ फर्की आएँ,
नयाँ नयाँ सपना ल्याएँ ।"


आज बिहान यो गीत रेडियोमा सुनें, धेरै लामो समयपछि । नेपथ्यमा सुनेको, कसैले खोलेको रहेछ….शायद एफ एममा बजेको होला । यो गीत वास्तवमै कर्णप्रिय र मधुर छ । शब्द हरु सरल छन्, र सोनु निगमको सुरिलो स्वरले गीतलाई साँच्चै न्याय गरेको छ । प्रस्तुत ‘सीमाना’ फिल्मको गीत सुन्दा अत्यन्त रमाईलो अनुभुती भयो । एकचोटी विगतलाई सम्झें, त्यतीबेला मैले यो गीत कैयौं पटक सुनेको थिएँ र गुन्गुनाउने कोशिस पनि गर्थें । नेपाली फिल्म गुणस्तरहीन भयो भनेर सत्तोसराप गर्नेहरुले फिल्ममा समेटीएका कर्णप्रिय गीतहरुलाई नजरअन्दाज गर्नु चाहीं बिडम्बना नै मान्नुपर्छ । वास्तवमा नेपाली फिल्मका कैयौं गीतहरु अत्यन्त स्तरीय र गुणात्मक छन् । र, ती गीतहरुलाई फिल्मको प्रचार प्रसारमा व्यापक रुपमा प्रयोग गर्ने हो भने पक्कै पनि चलचित्रको व्यवसायमा केही मात्रामा सुधार हुने देखिन्छ । तर यति राम्रो गीत लेख्ने/बनाउनेले फिल्मको निर्माणमा चाहीं किन लत छोडेका हुन् कुन्नि !

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s