खतरामा राष्ट्रियता !

   दशकौं सम्म शान्त र धैर्य देखिने मधेस गत दुई वर्ष यता एकाएक किन आन्दोलित हुन पुग्यो ? 2007 2046 सालपछिको राजनीतिक परिवर्तन पश्चात मुलुकभरी फैलिएको प्रजातन्त्रको लहरमा मधेसीहरुले आफ्नो हक अधिकारको सुनिश्चितता त्यतीबेलै किन खोजेनन ? र अहिले आएर मात्र किन ? के त्यतिबेला मधेसीहरु राजनीतिक र सामाजिक लगायत अन्य कुरामा अहिलेजस्तो सचेत थिएनन् ? कि उनीहरु उचित मौका पर्खिरहेका थिए ? मेरो विचारमा आफ्नो हक अधिकार प्राप्ति प्रतिको जागरणलाई मात्र मधेस आन्दोलनको पृष्ठभुमि मान्नु गलत विश्लेषण ठहरिन्छ । त्यस आन्दोलनको औचित्य, पर्दापछाडीका पात्रहरु र राष्ट्रियअन्तर्राष्ट्रिय परिस्थिती र त्यसका संवाहकहरुको बारेमा गहिरो खोजीनिति नगरी गुढ कुरो पत्ता लाग्ने छैन । राज्य संयन्त्रमा सबै समुदायको उचित प्रतिनिधित्वको खातिर देशमा विगत केहि वर्षदेखि तिब्र भएको राजनीतिक/सामाजिक जागरणको प्रतिफल स्वरुप मधेस आन्दोलन शुरु गरिएको भन्ने कुरा अहिले सम्मको मधेस सम्बद्द विभिन्न राजनीतिक घटनाक्रमलाई हेर्दा सर्सर्ती मात्र लाग्दछ । आन्दोलनको जगमा भएको भनिएको उपेन्द्र यादवको अप्रत्यासित उत्थान पटक्कै स्वभाविक लाग्दैन । यही कुरा वर्षौं सम्मको आफ्नो काँग्रेसी राजनीतिक जीवनलाई तिलान्जली दिएर राष्ट्रिय राजनीतिबाट अचानक मधेसको क्षेत्रीय राजनीतिमा ओर्लिएका महन्थ ठाकुरको हकमा पनि लागु हुन्छ । हठात एक मधेश, एक प्रदेशको कुरा उठाईनु, मधेस सम्बद्द नेताहरुको भारतसंगको अति निकटता, उनीहरूको भारतपरस्त नीति, उपराष्ट्रपति लगायत अन्य मधेसी नेताहरुको हिन्दी मोह; जुन नेपाली भाषा र राष्ट्रियतालाई खिसिट्युरी गर्ने हदसम्मको पाईएको छ, आदिइत्यादी घटनाहरुले संभावित भवितव्यको (राजनीतिक दुर्घटना) आभाष गराएको बुझ्न सकिन्छ । जसरी स्कटल्यान्डमा स्वायत्तत्ताको फाइदा उठाएर त्यहाँ स्वतन्त्र राष्ट्र बनाईने सम्मको कुरा चल्दैछ , ठिक यही कुरा नेपालको मधेसमा पनि लागु नहोला भन्न सकिन्न ।

   दुई तीन वर्ष अघिसम्म असम्भव झैं लाग्ने गणतन्त्रले त्यसपछिका समयमा कसरी व्यापकता/स्वीकार्यता पायो र अहिले यो कसरी वास्तविकता हुन पुग्यो (अथवा बनाईयो!), सबैका अगाडी छर्लङ्ग छ । अहिले एक मधेस, एक प्रदेसको कुरा गर्नेहरुले बिस्तारै पछि (स्वायत्तत्त प्रदेसमा आफ्नो हालीमुहाली स्थापित भैसकेपछि) स्वतन्त्र मधेसकै कुरा नगर्लान् भन्न सकिन्न र त्यतीबेला केन्द्रीय सत्तासँग छुट्टै राष्ट्र निर्माणको प्रयोजनको लागि जनमत सँग्रहको माग जायज बन्न पुग्दछ । झन् त्यसमाथि स्वतन्त्र मधेसको घोषित नारा लिएर त्यहाँ क्रियाशील दर्जनौं सशस्त्र समुहहरुको बलियो प्रभाव र उपस्थिती त छँदैछ । अहिले संसदवादी मधेसी दलहरुको पक्षमा देखिएको मधेसको जनलहर तिनिहरुले सोही अनुसार आफ्नो सान्दर्भिकता र प्रभाव देखाउन सकेनन भने समयक्रममा सशस्त्र समुहहरुले अहिलेदेखि नै बाँड्न थालेका आफ्नो छुट्टै राज्यको मीठो सपनाको पक्षमा नजाला भन्न सकिन्न । अनि संसदवादी मधेसी दल र सशस्त्र समुहहरुबीचको अघोषित (अदृश्य ?) कार्यगत एकताको बारेमा शायदै कोही अनभिज्ञ होला । व्यापक जनसमर्थन सहितको सशस्त्र विद्रोह र शान्त्तिपुर्ण राजनीतिक आन्दोलनबीचको सँयोजनबाट उत्पन्न हुने परिस्थिति र परिणामको हामी सहजै अनुमान गर्न सक्छौं । विगतको दशकको माओवादी हिंसात्मक विद्रोह र गत दुई वर्ष अगाडीको वसन्त विद्रोह यसका साक्षी छन्

   यदि अहिलेकै स्थितिमा मधेसवादी नेताहरुको नेपाली भाषा र राष्ट्रियताप्रतिको मानमर्दनप्रति आँखा चिम्लँदै जाने हो भने भविष्यमा आईलाग्न सक्ने संभावित प्रकोपको लागि पनि अहिलेदेखी तयार रहन सक्नुपर्छ । अनौठो त के छ भने, आँफुलाई तराईको वास्तविक नेता भनाउँदाहरुले त्यहींका बहुसँख्यकले बोल्ने अवधि, मैथली, भोजपुरी लगायतका स्थानीय भाषाहरुको सट्टा हिन्दी पो बोल्छन् ! र यहिंबाट तिनिहरुमाथिको शंका शुरु गर्न सकिन्छ । जातीय र क्षेत्रीय राजनीति कुनै नौलो कुरा नभएपनि हाम्रो जस्तो प्रजातान्त्रिक सँस्कारको भर्खर भर्खर विकास हुन लागेको देशमा केन्द्रीय राज्यको प्रभावकारी अनुगमन, नियमन र केही हदसम्मको अँकुशको अभावमा यसले राष्ट्रियता खतरामा पार्ने देखी लिएर राष्ट्र नै विखण्डन गर्ने सम्मको अवस्थामा पुरयाउन सक्छ । हुन त अहिले एक मधेस एक प्रदेसको विरुद्दमा उठेका आवाजहरु पनि कम्ती बलिया छैनन् र यो आशालाग्दो कुरा हो ।

   परिस्थिती, पात्रहरु र अवस्थाले कुनै पनि घटनाक्रमलाई नियोजन र निर्देशन गर्छ भन्ने बुझ्ने हो भने अहिले भैरहेका मधेसवादी दल र समुहहरुको शँकास्पद र अविश्वसनीय गतिविधिहरुले स्वतन्त्र तराईसम्मको लामो यात्रालाई लक्ष्य गरेको किन नबुझ्ने ?

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s