अपुर्ण म !

    खप्तड स्वामीको मतअनुसार हामी सबैजना अझै पनि निरक्षर छौं । आई.., बि.. पढेर पनि हामी अझै ज्ञान शुन्यतामा छौं । यदि शब्दको अर्थ नै थाहा छैन भने अरु कुरा जान्नुको के सार भयो र ? गधालाई पुस्तकको भारी लाददैमा त्यसले पढेको मानिन्न, जसरी हामी शब्दको अज्ञानतामा आँफैलाई रित्तो, खोक्रो र अज्ञानी महशुस गर्छौं । एउटा डाक्टरले भन्ला, म डाक्टर हुँ । के त्यो पहिला पनि डाक्टर थियो ? पहिला त ऊ एउटा शिशु थियो, पछि जवान भयो अनि डाक्टर बन्यो । अझ पछि ऊ बूढो हुनेछ । त्यसो भए ऊ के त ? ऊ शिशु हो ? यदि सो भइदिएको भए अहिले पनि हुँदो हो, जुन अहिले ऊ छैन । ऊ त जवान भैसक्यो, के ऊ जवान हो त्यसो भए ? होइन, ऊ केही समयपछि बूढो हुनेछ । जो हिजो थियो, आज छैन; भोलि हुनेछ पर्सि फेरि रहने छैन; त्यसो भए म को हुँ ? हा हा हा, खप्तड स्वामीको तर्क मलाई अत्यन्त घत लाग्यो । उनका अनुसार, शरीर शिशु भएथ्यो, युवक भएथ्यो, ‘भएको थिईनँ, कहिल्यै । शरीर निरपेक्ष वस्तु हो । तर को, कहिल्यै बुझ्न सकेनौं, न त बुझ्न सक्ने छौं, यही तालमा !

        सुदुरपश्चिमको अत्यन्त विकट खप्तड क्षेत्रमा सात्विक जीवनयापन व्यतित गरेका दिवंगत खप्तड स्वामीका अनुसार, सारमा शब्दलाई बुझ्न आत्मालाई बुझ्नुपर्छ, सर्वव्यापी ईश्वरको व्यापकतालाई सहर्ष ग्रहण गर्नुपर्छ रे । किनकि शब्द त शरीर निरपेक्ष छ र शरीरसँग निरपेक्ष रहन सक्ने एकमात्र वस्तु आत्मा नै हो । त्यसो भए के भनेको आत्मा नै हो त ? स्वामीको सिद्दान्तले यही कुरा बताउँदछ । त्यसो त स्थुल शरीर र अजर/अमर आत्मा बिचको सामन्जस्यताको सीमाको बारेमा थुप्रै मतमतान्तरहरु यद्दपि कायम छन् । खप्तड स्वामीको बहुचर्चित म र मेरो कर्तव्यपुस्तक पढ्दै गर्दा मैले आँफुलाई अतयन्त अज्ञानी, विवेकहिन र मामुली हाडमासुको संरचना बाहेक अरु केहि पाईनँ ! जसरी आफ्नै शरीरमा रहेको कस्तुरीको सुगन्धको खोजीमा मृग आफ्नो सारा शक्ति व्यय गरेर भौंतारींदै जंगलजंगल डुल्छ, त्यसरी नै मैले पनि अहिलेसम्म आफुभित्रै विद्यमान अनमोल आत्माको विशिष्टता, श्रेष्ठता र महत्वलाई नजरअन्दाज गर्दै आईरहेछु र क्षणिक भौतिक सुखको खोजीमा अत्यन्त आधारभुत शब्दलाई नै अपहेलना गर्दै आफुलाई तथाकथित ईन्जिनियरको उपमा दिने प्रयास गर्दै आफ्नो खोक्रो श्रेष्ठताको परिचय दिन लागिरहेछु । शरम छ मलाई, लाज लाग्छ ,अहिले । मैले आँफैलाई चिनेको रहेनछु ! त्यसो भए म के गरुँ ? ? कहाँबाट यसको अर्थ पत्ता लगाउँ ? खप्तड बाबा भन्छन्, यसको उत्तर परमात्मासँग मात्र छ, उनैको भक्ति गर !! हँ ? भक्ति ? के म खरानी घसेर हिंडु, गेरु वस्त्र धारण गरुँ, ध्यानको लागी जँगल पसुँ ? ?

     उनी अझ भन्छन्, अन्यथा तिमि जिउँदो लाश सरह जन्मेका थियौ र जिउँदो लाश बनेर नै कात्रो ओढाईने छौ । अनि बाँच्नुको सार के रह्यो, यति अमुल्य जीवनको व्यर्थमा अपव्यय भयो, धिक्कार छ तिमिलाई!!! हा हा हा, हाँसो पनि लाग्छ । अनि फेरि रिस पनि उठ्छ, यी तथाकथित महात्माहरुको काम भनेकै अर्ति उपदेश दिने न हो, उनीहरुले पो के लडाएका छन्? खरानी घसेर गेरु धारण गर्दैमा उनीहरुको जीवन सार्थक छ भनेर कसरी पत्याउने ? बकवास ।

     तैपनि प्रस्तुत म र मेरो कर्तव्यपुस्तक पढ्दै गर्दा जीवन र यसको संघर्ष बारेका अनेकौं विचारहरु मनभरी उद्वेलित भइरहे । पुस्तक अत्यन्त पठनीय लाग्यो । आत्मा, जीवन, जीवनको वास्तवीक अर्थ र शब्दको विशालताको बारेमा यसले थोरै मात्रामा भएपनि सचेत गराउन खोजेको छ ।

किताब पढुन्जेल मैले अत्यन्त नै चाख लिएँ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s