जनै पुर्णिमाको शुभकामना !!!
हामी पहाडे हिन्दुहरुको महान चाड !
आज नयाँ जनै फेरें । हातमा पोहोर साल बाँधेको रक्षाबन्धन यद्दपि छँदैछ । फाल्ने मन हुँदाहुँदै पनि मैले जबरजस्ती गर्न चाहिनँ । अझै कति समयसम्म यो मेरो हातमा रहिरहने हो ! झन आज त नयाँ पनि थपिएको छ । हा हा । मेरो ब्रतबन्ध 7 वर्षकै उमेरमा गरेको मलाई याद छ । तीनजना दाईहरु र मेरो एकैसाथ गरिएको थियो । बाजा बजाएरै । अझै पनि सम्झन्छु, त्यस बेला हामी लाम्रो बस यात्रामा मामाघर पनि गएका थियौं , सबै परिवार सहित । ठूलो बुबा, माहिलो बुबा, अंकल, आन्टी देखी लिएर अरु सबै नातेदार समेत । बसमा यस्तो खाँदाखाँद थियो कि त्यसबेला म आत्तिएर रोएको अझै याद छ । हामी साँझपख प्रस्थान गरेका थियौं । मामाघर पुग्दा त निष्पट्ट अँध्यारो भएको थियो ।
Advertisements