मेरो दबित असीम यौनेच्छा


    सडकमा यौवनमा मस्त तरुनीहरु को भन्दा को कमको शैलीमा आफ्नो जवानी र सुन्दरताको सकेसम्म प्रदर्शन हुने गरी सोही अनुसारको वेशभुषामा सजिएर दायाँबायाँ र वरिपरिका पुरुषहरुलाई कामाशक्त बनाई हिंडीरहेका छन् । सबै केटीहरुको ध्यये यौवनको प्रदर्शनी मात्र नहुन सक्छ र हुँदैन पनि । तापनि, हामी पुरुषहरुको औसत सोचाई यही रहेको पाईन्छ, अझ खासगरी यस यौवनावस्थामा । अघि साँझमा बगरतिर जाँदै गर्दा बाटोमा त्यस्ता कैयौं तरुनीहरु भेटिए, जो सेक्सी हाउभाउ र पहिरनमा आँफुलाई प्रस्तुत गरिरहेका झैं लाग्दथे । सामान्य टिशर्ट र जिन्ज लगाएका केटीहरु प्रति पनि त्यस्तो धारणा बनिहाल्ने । यस उमेरमा बाटोमा सजिएर हिंड्ने हरेक केटीहरु अत्यन्त सुन्दर लाग्ने ! सबैसँग बोलौं, समय बिताउँ झैं हुने र अझ अगाडी बढेर सेक्सको कल्पना सम्म गर्न पुगिन्छ । हरेक आधुनिक युवतीहरु सबै उत्तिकै राम्रा, विश्वसुन्दरी झै प्रतीत हुने, हेराई मात्रले पनि अनौठो रोमान्चकताको आभाष पाईने र अझ तिनिहरुसँगको सेक्सको परिकल्पनाले त मनलाई नै दिग्भ्रमित पारिदिने ! सेतो र सुडौल शरीर, आकर्षक हिंडाई र यौनावेश जगाउने हेराई अघि बगर जाँदा बाटोमा देखिएका युवतीहरुको बारेको मेरो विश्लेषण ।  तर ती  देखिएका सबैसँग सेक्सको सम्भावना त धेरै परको कुरा, छुवाई र बोलाई पनि असम्भव नै  भित्रभित्रै भुट्भुटिएँ, मन बेचैन, कन्ट्रोल गर्नै नसकिने । झोंक चल्यो, हिंड्दाहिड्दै एउटीलाई गएर किन नसमातुँ ? अँगालो किन नहालुँ र  ‘किस’ किन नगरुँ ? अनि तिनिहरुको यौवनसँग आँफुलाई एकाकार किन नगरुँ ?………के यो मेरो सोचाई पापी हो ? निकृष्ट र दानवी हो ? अनि औडाहामै साथीलाई आज कुनै होटल अथवा गेष्ट हाउसजाने कि भनेर प्रस्ताव पनि राखें । साथी हाँस्यो । समस्या उसको पनि मेरो जस्तै । लाखौं, हज्जारौं, करौडौं अविवाहित र गर्लफ्रेण्डविहीन पुरुषहरुको नियती उही ।  

अश्लील फिल्महरु नहेरेको होइन । अश्लील साहित्य, तस्वीर, फिल्म प्रशस्त अनुभव गरेको छु । तर पनि शरीरलाई शरीरको आवश्यकता हुन्छ । फलामले फलाम काट्छ भनेझैं शरीरको प्यास शरीरले नै मेटाउँछ न कि कुनै अश्लील तस्वीर वा फिल्मले । यसले त झन यौनेच्छालाई बढावा मात्र गर्छ । Masturbation ले विकल्प त दिन्छ तर त्यसैमा सम्पुर्ण रूपमा सन्तुष्ट हुन सकिन्न । त्यो तदर्थ मात्र हो । सेक्सको भोक मेटाउनलाई हजारौं सेक्स वर्करहरुको अर्को राम्रो विकल्प पनि नभएको होइन । तर तिनिहरुसम्म पुग्न पनि त्यति सजिलो छैन, सोचेजति । एच.आई.भी./एड्सको डर, सामाजिक र पारिवारिक मर्यादाको परिधि नाघेर त्यहाँसम्म पुग्दा प्रतिष्ठामा आँच आउने खतरा, आत्मविश्वासको कमी लगायतका कारणहरुले गर्दा म अहिलेसम्म तिनिहरुसम्म पुग्न सकेको छैन । रबरको प्रयोग गरेर पनि के सेक्स गर्नुभन्ने मेरो एकजना साथीको भनाईले पनि मलाई  Brothel सम्म पुग्न एकप्रकारले Discourage गरेको छ । तर कहिलेसम्म यो औडाहा र छट्पटीलाई यसरी निरन्तरता दिईरहने ? के सँधै यो सम्भव छ ? साथी भन्छ, विवाह गर । विवाह, सेक्सको वैधानिक उपाय  तर अहिले नै मैले बिहे गरें भने मेरो विवाहको प्रयोजन सेक्ससँग मात्र सम्बन्धित हुन पुग्छ र त्यस्तो विवाहको अन्जाम यहाँ बताईरहनु नपर्ला । शास्त्रीहरु भन्छन्, प्रेमको चरमरुप सेक्स हो । सेक्सभन्दा पर मात्र शुन्य छ । अब, प्रेमबिनाको विवाहोत्तरको सेक्सले वैवाहिक सम्बन्धलाई धराशायी मात्रै बनाउँछ । हुन त पहिला सेक्स, अनि प्रेम भन्ने मान्यता पनि छ । यसअनुसार एकअर्काप्रतिको प्रेमाभाव र आशक्तिले अन्तर्शारीरिक मन्थन (सेक्स) को सफलतामा मात्रै जीवन्तता पाउँदछ । शारीरिक सम्पर्क बिनाको प्रेम निरर्थक र झुटो हो भनेर हाम्रै कतिपय ग्रन्थहरुमा पनि उल्लेखित छ । 

मैले साथीलाई भनें, म एउटी केटीलाई प्रेम गर्छु, जससँग न म बोलेको छु, न देखेको छु, न प्रत्यक्ष भेटेको नै । ऊ बर्बरायो, तेरो प्रेम अधुरो छ । कतै एकोहोरो त होइन ? पुर्ण त्यतिबेला हुनेछ जब तिमिहरुको शारीरिक मिलन हुनेछ र सन्तुष्टिको अनुभव गर्नेछौ । ऊ भन्दै गयो, यदि यस्तो सम्भावना देखिन्न भने तेरो प्रेमलाई अहिले नै लात मार  किनकि शारीरिक निकटता रहितको प्रेम सिर्फ ढोंग हो । मानवको आधारभुत आवश्यकता गाँस, बास र कपासको हाराहारीमा सेक्सलाई तुलना गर्नुले पनि यसको अपरिहार्यता अनुमान गर्न सकिन्छ । सेक्सकै बारेमा एउटा अनौठो तर मनन योग्य कथा सदियौदेखि हामीमाझ मुखरीत हुँदै आएको छ, प्रसंग अनुसार तीजमा दीदी लिन गएको भाई भदौरे झरीले ठूलो बनाएको खोला तर्ने क्रममा दीदीले आफ्नो फरिया माथि स्याहार्दा देखिएका सेता र सुडौल जाँघ (तिघ्रा)को प्रभावले कामोत्तेजनामा आई दीदीमाथि त्यहीं नै जबरजस्ती गर्न पुगेको छ । अब यस घटनालाई कसरी लिने ? दोष कसको ? भाई को कि अन्जानमै आफ्नो शरीरको प्रदर्शन गरेर भाईको दबित कामेच्छा जगाउने दीदी को ? कि सेक्स एक्लैलाई दोष दिने ? के यसबाट सेक्सको नातेदार,परिवार आदि सम्बन्धसँगको निरपेक्षता सिद्ध हुन्छ ? यस सन्दर्भमा मनोविज्ञानको Oedipus Complex पनि विचारणीय छ ।

मन, आत्मालाई प्रधान मान्नेहरुले शरीरभित्र मन निहित रहेको यथार्थतालाई बिर्सन मिल्दैन । शरीर छ र पो मन छ, शरीर नै नरहे मन कहाँ रहन्छ ! यहाँनिर खप्तड स्वामी र ओशोको मत बाझिएको म पाउँदछु । ओशो अलि यथार्थवादी र भौतिकवादी लाग्छन् भने खप्तड स्वामी चरम आध्यात्मिक । 

अघि बाटोमा भेटिएका ती कैयौं सुन्दरीहरु: यौवनले मस्त, सेतो र भरिलो शरीर , आकर्षक चाल, पुष्ट छात्ती, गोरो पिंडौला…………….

मैले Brothel जाने निर्णय गरेको छु ।

Advertisements

2 responses to “मेरो दबित असीम यौनेच्छा

  1. oopps this is the problem yar. kina keta haru matra sex ko lagi interested hun6an. i want to requiest god this thing

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s