पल्लो घरको झ्याल


के म साँच्चै cold” छु ? खोइ मलाई त्यस्तै अनुभव भयो । आज गोविन्द गोठालेको पल्लो घरको झ्यालपढें अनि मिसरीको लोग्नेसँग आँफुलाई तुलना गरें । कुनै उत्साह नभएको, जवान र सुन्दर श्रीमतीको यौवनप्रति कुनै उत्कट प्यास नभएको । एकदम कोल्ड। उसले स्वास्नीलाई माया त गर्छ, तर स्वार्थरहितको माया जुन आदर्श त हुन सक्ला तर दैनिक जीवनमा त्यस्तो मायालाई कस्ले बुझ्ने र भाउ दिने ? आखिर एउटा गुण्डोसँग भाग्छे । शुरुमा मिसरीप्रतिको मेरो अपार सहानुभुति र चाख उपन्यासको अन्त्यमा गएर घृणामा परिणत हुन्छ । उपन्यासको भुमिकामा कवि सिद्दिचरण श्रेष्ठले परिवेश र वातावरणले मिसरीलाई मजबुर बनाएको भनेर मिसरीको निर्दोषतालाई ईंगित गर्न खोजेपनि उपन्यास अन्त्यसम्म पढ्दा त्यस्तो लाग्दैन । बीस वर्षको जवानीमा पनि उ केटाकेटी झै चन्चल र अबोध लाग्छे । उसको लोग्नेले उसलाई आँफैलाई भन्दा बढी माया अनि विश्वास गरेको हुन्छ अनि मिसरीले त्यसलाई केही हदसम्म बुझेको पनि देखाईएको छ र त्यहि अनुसार रेस्पोंसगर्न खोज्छे, तर कृतिमतामा हो कि जस्तो भान हुन्छ । र अन्त्यमा लोग्नेको त्यहि माया र विश्वासलाई मन नलागी मन नलागी लात मारेजस्तो गरेर एउटा गुण्डोसँग भाग्नको लागी राती घरबाट निस्कन्छे ।

गुण्डोले जे गरे गरोस्, मलाई के वास्ता, म त अर्कैकै श्रीमती भईसकेकी छु, लोग्नेमान्छेहरु पनि कस्ता, स्वास्नीमानिस त देख्नै नहुने । के मैले झ्याल खोल्नै नहुने ? के उसलाई हेर्न भनेर मैले झ्याल खोलेको हो र ? आदि ईत्यादी कुराहरु मिसरीको मनमा उब्जाएर त्यो गुण्डाको प्रति मिसरीको मनमा घृणा मात्र छ भनेर उपन्यासकारले एकातिर देखाउन खोजेका छन भने अर्कोतिर हरबखत मिसरी त्यहि गुण्डालाई सम्झिरहेकी हुन्छे । बारम्बार झ्यालमा आएर कतै त्यो गुण्डोले मलाई नै हेरीरहेको त छैन भनेर कल्पना गर्छे, त्यही गुण्डोको चक्करमा कहिले घर, कहिले माईत गर्छे । उसको पिछा छुटाउन मिसरीले अनेक प्रयास गरेको पनि देखाईएको छ । घृणा र नफरतमै भए पनि धेरैलामो समयसम्म त्यसको सान्निध्य र सम्झनामा रहँदा मन नपरेको मान्छे पनि मायालु लाग्ने रहेछ । शुरुमा गुण्डोको उपमा पाएको त्यो मान्छे पछि गएर मिसरीको लागी हिरामानबन्छ । सान्निध्य र सम्झनामा नरहेपछि जो कोही पनि टाढा र नौलो लाग्ने रहेछ, मिसरीलाइ आफ्नो श्रीमान त्यस्तै लाग्छ । दिनभरीको अड्डाको काम, बाल्यकालको दु:खको ताजा सम्झना र घरमा आफ्नै तालको व्यस्तताले उ आफ्नो पुरा ध्यान आफ्नी जवान श्रीमती तर्फ दिन भ्याउँदैन । काठमाण्डौंको परम्परागत नेवारी श्रेष्ठ परिवारमा हुर्केकी मिसरी माईतमा आफ्नो आमा बाबाको असाध्य माया र हेरचाह पाएर फुरुंग छे, कसैलाई नटेर्ने भएकी छ । मायाले मात्र नहुने रहेछ, त्यही अनुपातमा बानी बेहोरा, उसको चालचलन, दैनिकी र अनुहार पढ्नुपर्ने अनिवार्य हुन्छ । अन्यथा कैयौं आईमाईहरु मिसरी बन्न सक्छन, सम्पुर्णलाई धोका दिएर, हा हा । मातृ सुखको लागी लालायीत मिसरीलाई देख्दा भने उपन्यासको बिचतिर केही सहानुभुति जाग्छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s