व्यर्थ बित्यो


ओहो ! उसलाई सम्झिरहँदा मैले त सारा संसार र आँफैलाई पनि बिर्सेछु । समसामयिक राजनीतिदेखि अनेक विषयमा चासो राख्ने म यो अवधिमा साँच्चै एक्लिएको थिएँ, टिभी, रेडियो, ईन्टरनेट, पत्रपत्रिका लगायत देखी समेत । अमेरिकी राष्टृपति निर्वाचन, नेपाली काँग्रेसको अल्टिमेटमको प्रधानमन्त्रीबाट संसदमा जवाफ, चाडपर्वको खुशीयाली, खस्कँदो विश्र्व अर्थतन्त्र, पाईलट बाबाको नेपाल आगमनको राजनीतिक महत्वको चर्चा, माओवादीको जनगणतन्त्रको सुगा रटाई, श्री 5 ज्ञानेन्द्रको नागार्जुन बसाई बारेको आम उत्सुकता लगायतका अन्य समसामयिक चर्चाहरुबाट म निरपेक्ष रहें । Yahoo.com मा न्युजहरु नपढेको पनि कैयौं दिन भइसकेछ । म आज झसंग भएँ । कतै म पछि त परिनँ । भारतीय समग्र इतिहासको मेरो अध्ययनको सिलसिला अवरुद्द भयो, यो बिचमा । थाहा छैन, अब फेरि कहिले पल्टिएला त्यो मोटो किताब । अब त समय पनि छैन । दशैतिहारको लामो बिदा पनि सकिईसक्यो । के मैले व्यर्थमा बिताएँ त्यो लामो बिदा ?

तर उसको सम्झनाले बेचैनी, औडाहा र छट्पटीको साथसाथै असीम सुखानुभुति पनि गराएको छ ।

आज क्याम्पसबाट फर्किंदा थुप्रो पत्रिकाहरु किनेर ल्याएँ ।

खाजा बाहिर नखाएपछि पैसा त बच्छ नै ।

साँझपख एउटा फुच्चेसँग त्यहीं सुन्दरफीड चोकको भैयाको ठेलामा गएर खाईयो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s