Monthly Archives: January 2009

Meeting With A Tycoon

Once, a Dutch had boasted his country’s supremacy over the US, pointing on its(US) aging infrastructures (public works), long ago in ICQ chat. He tried to convince all of us (non Americans) America’s bad management of its public infrastructures including road, water supply, buildings, sewer lines etc. and how they have been being used for nearly half of a century.i.e. from the time they were built, around the second world war.
And, yesterday, I came to read about civil engineers in US giving its public works a ‘’D’’ in msnbc.com. According to the site, none of the 15 infrastructure categories graded by the engineers got higher than a C+, and most grades were Ds.

What about Nepal? We only feel ashamed if we go broader about the quality and condition of our own civil engineering works.
Dinesh Devkota
, who is also a civil engineer has been appointed as a member of National Planning Commission recently by Maoists-led government (he’s a supporter of CPN-UML). I’ve meet him! Actually, I had heard much about his prosperity and generosity like how he became a successful person both financially and academically despite from a simple family living in the country from my family members but had never seen before. We have kind of ‘’nataa’’ too through my mom’s paternal home (Maaiti).

This winter, I got a chance to have some talks with him, in Ramchandra Dai’s wedding ceremony, at Narling Resort on Dec 12th, 2008. I was introduced by my dad. Later, we shared a same table for eating. 🙂

Advertisements

Let’s Sue Them!

Walk on footpath (esp. in congested residential area) is no longer easy and safe.

I felt it while walking along a footpath of either side of Bagar road, from K.I. Singh Pool to PN Campus gate. The reason was construction of numerous concrete slopes by individual households to make convey of their vehicles (esp. cars and motorcycles) easy while entering or leaving the building. Generally,  ground floors are built on upper level than road level and if we simply consider it, the making of such concrete slopes to move vehicles in and out of the houses becomes relevant and a necessity. But….and usually these slopes are constructed on the kerb and risen up to the ground floor of the building acrossing the footpath which means a absolute ‘’barrier’’ for pedestrians. Pedestrians have to suddenly divert their way while reaching those slope (or better ‘’barriers’’) onto the road, which means prone to moving vehicles and there could happen a road mishap at any time. Road is too narrow to walk safely. Even if we try to cross over these structures no doubt we would stumble! At night (moreover in load-shedding time), this problem could go even worse.

People can enjoy their rights of living in a convenient way, both pedestrians and building owners. But by building those structures everywhere and causing the pedestrians inconvenience to their walking; those slopes builders have violated the basic rights of a pedestrian. Instead of causing troubles, they could use some mobile metal structures as slopes. Very few vehicles owners are using it, though.

Could we sue them for erecting such slopes everywhere untidily and causing problems?

आत्मकथा ।


रात मस्त निद्रामा छ । समुद्र किन हो मैलो बिस्तारामा छट्पटाईरहेको छ, निदाउन सकेको छैन , आँखा चिम्लेर निदाउने प्रयत्न नगरेको होइन तर उसको मन निदाएन । अँह कहिल्यै । समुद्र, बिचरो ! अनायासै ओछ्यानबाट उठ्यो….

[समुद्र उठ्छ, बत्ती बाल्छ, झ्यालबाट एकपटक बाहिरको चकमन्नतालाई निहार्छ । मोबाईल टिप्छ । उसको धुकधुकी बढ्छ । केही अत्तालिन्छ । यत्तिकै बसिरहन्छ । मैनबत्ती बलिरहन्छ । केही छिनपछि गह्रुंगो छाती लिएर फेरी ओछ्यानमा पल्टन्छ । ]


समुद्र फेरि निन्द्रादेवीको काखमा पुग्यो । निदाउने प्रयत्न गर्दैछ तर निदाउन सकेको छैन । निन्द्रा ईश्वरीय तत्व हो, माया ईश्वरीय तत्व हो । निन्द्रा लाग् भन्दैमा लाग्न सक्दैन,माया नलाग् भन्दैमा नलाग्न सक्दैन । भोक र तिर्खा पनि माया र निन्द्रा जस्तै हुन् । गाँस बास कपासको अभावले प्रताडित कैयौं मान्छेहरु आरामदायी बिछ्यौनाको अभावमा नचाहँदानचाहँदै पनि निदाउन सक्छन तर आरामदायी बिछ्यौनामा सुतेर पनि समुद्र निदाउन सकेको छैन । त्यसबाट हदैसम्म अपमानित र लज्जित बनाईएपनि किन किन ऊप्रति समुद्र सँधै विमोहित छ ।  बिर्सन खोज्छ, बिर्सन सक्दैन । उसकी आमाले उसलाई ह्रदयको छ्याल्ब्याल माया दिएकी छिन् , स्नेह दिएकी छिन् , ममता दिएकी छिन् , तरपनि उ किन त्योप्रति त्यति सारो आशक्त छ, उसलाई थाहा छैन । अनलाईन भेटमै त्योप्रति किन ऊ आकर्षित भयो र उसलाई माया गर्न थाल्यो, उसलाई केही पत्तो छैन । मायाको पनि हद हुन्छ । तर समुद्र घरीघरी त्यसको तस्वीर हेर्छ, कम्प्युटर खोल्छ, उसले पठाएका ईमेलहरु पढ्छ । घरीघरी मोबाईल समात्छ  अनि उसका SMS हरु दोहोर्र्याउँछ ।


बिहानी हुन्छ,  रात पर्छ । रात पर्छ, बिहानी हुन्छ । समुद्र आफ्नो परिवारसँगै जीवन सँग्राममा जुधिरहन्छ । ऊ मुश्किलले निदाउँछ । निन्द्रामा प्रायजसो ऊ बर्बराउँछ । निन्द्रैमा त्यो सँग बात मार्छ । काठमाण्डु, चाबहिल, त्यो र त्यसको कलेज उसले कहिल्यै नबिर्सने नाम भएका छन् । अनलाईनमा जब जब कोही आउँछन्, ऊ निकैबेर तिनमा त्यसलाई देख्छ…..तर सबै व्यर्थ !


समुद्र जीवनदेखि विरक्तिएको धेरै भयो । यता उसको जीवनमा त्यो फेरि फर्कला कि नफर्कला यसै भन्न सकिन्न । तर उसको माया शायदै मेटिएला । पढ्न नगएको पनि धेरै भयो, उसले स्वास्थ्यको ख्याल राख्न पनि उहिल्यै छोडिसकेको छ । अब त मृत्यु बाहेक अरु विकल्प पनि बाँकि देखिन्न । तर आजसम्म समुद्र भने उसको बाटो हेरेको हेर्र्यै छ, अनलाईनमा र वास्तवमै पनि, केही अग्लो अनि पातलो शरीर, फरासिलो बोली, निर्दोष हेराई । के भएको समुद्रलाई ! त्यसले उसको मन किन यति सारै चोरेको ? यो एउटा अनुत्तरित प्रश्न हो । त्यसले समुद्रको मन सुटुक्कै चोरेछ । थाहापत्तै नदिई चोरेछ । कानून भन्छ, चोरलाई पाता फर्काएर बाँध्नुपर्छ । तर समुद्रहरुको मन चोर्ने संसारका कुनै पनि निहरुलाई हामी पाता फर्काएर बाँध्न सक्दैनौं । स्वयं समुद्र नै मान्दैन, अनिअनि तपाईंको के लाग्छ ! समुद्र त पिरलिएको छ, कतै त्यसले अरु कसैलाई माया गर्न त थालेन ! हे भगवान् ! यस्तो दुर्दशा नहओस् । हर रात, हर दिन ऊ परमेश्वरसँग यही प्रार्थना गर्छ । समय भने बेतोडले दगुरिरहेछ । बिचरो समुद्रलाई भने अत्तोपत्तो नै छैन । महिनौं बितिसक्यो, ऊ भने अझै अन्धकारमै छ । समय ! तँ कति निर्दयी छस् , समय तँ कति निठुरी छस् ।

[भवानी भिक्षुको ‘त्यो फेरि फर्कला’ मा आधारित]


(यो साहित्य होइन, यथार्थ हो । साहित्य त उहिल्यै Expired भईसक्यो । नत्र 50 रुपियाँको लोक गीत को क्यासेट हजारौं प्रति बिक्छ, तर मोदनाथ प्रश्रितको  मानवजस्तो कृति साझा प्रकाशनको गोदाममा दशकौं थन्किन्छ । किनकी नेपालमा साहित्य कहिल्यै लोकको लागि लेखिएन, केही अपवादबाहेक । लेखकले आफ्ना लागि लेख्छ्न्, जनमानसले चाहे बुझुन् वा नबुझुन् । त्यसैले नेपालमा पनि साहित्यको नाममा आदर्श होइन, जनमानसले सजिलै बुझ्ने सजिलो भाषामा लेखिएको बिकाउ र बजारमुखी साहित्यको शुरुवात हुनुपर्छ ।)

My Music List

1. Heartless                              Kanye West
 
2. Coldest Winter                     Kanye West
 
3. I Miss You                            Blink 182
 
4. If I Talk                                 T.I. feat. JT
 
5. My Life                                 The Game ft. Lil. Wayne

जीवमुक्तिका लागि मानव संहार !

आज लुगा सुकाउन कौशीमा निक्लँदा देखें, छिमेकमा एउटा कुकुर चिसो भुईंमा बाँधिराखेको रहेछ । पछि थाहा लाग्यो, त्यो कुकुर राति पनि त्यहिं नै बाँधिने रहेछ । म नि:शब्द भएँ । यस्तो जाडोमा त्यो निरीह प्राणी रातभरी त्यो खुल्ला अनि चिसो भुईंमा कसरी बस्दोहोला । प्राण सबैको एकै हो, के मानिस, के जनावर । संवेदना हरेक प्राणीमा हुन्छ । जाडो त्यो प्राणीलाई हुँदै नहुने होइन । कुकुर झोक्राईरहेको, जिङ्ग्रिङ्ग परेको, जबरजस्ती थोपरिएको मानव-यातनाले विकृत; मलाई देख्नासाथ एकछिन रोकियो । मैले पनि हेरीरहें । अगाडी एउटा फोहोर थाल छ ; मोटो साङ्लाले बाँधिएको, त्यहाँबाट निस्कनु त्यस प्राणीको लागि अब यस जन्ममा सम्भव नहोला । कठैबरा, मन एकदमै अमिलो भयो । लुगा लिएर एकछिन टोलाईरहें । के त्यस कुकुरलाई रातको लागि मात्र भएपनि भित्र लगेर बाँध्न सकिन्न र ? बाहिर पिंढीमा खुल्ला ठाउँमा बाँध्दैमा त्यसले चोरको सामना गर्न सक्ने होइन । कति जाडो होला, त्यसलाई ।  शिरानमा मेशिनगन राखेर सुतेकाहरुको त हत्या भईरहेको सन्दर्भमा त्यो बिचरो मानव अत्याचारले थिलथिलो प्राणीले त्यो अजङगको घरको रक्षा गर्ने भन्ने कुरा हाँस्यादपद हो । भुक्नु छुट्टै कुरा हो । कुकुरको भुकाईमा आँफु र आफ्नो घरलाई सुरक्षित देख्नेहरुले बरु शिरानमा बन्दुक राखेर सुत्नु बेश । हामी सिरकभित्र त जाडोले काम्छौं भने त्यसको अवस्था झन कस्तो होला । न त्यो रुन सक्छ, न बिन्ति गर्न सक्छ , मानिसले जस्तै । भगवान, किन तिमिले अरु प्राणीलाई त्यस्तो विधि निरीह बनायौ ? किन अन्याय तिनिहरुमाथि ? करिब तीन महिना अगाडी त्यो कुकुर त्यहाँ ल्याईएको थियो । मलाई कहिल्यै लागेन, त्यो कुकुर राती पनि त्यहिं बाँधिन्छ भनेर । तर आज थाहा पाएँ । मन कति सारो दुख्ने । त्यो पनि त प्राणी हो, हामीजस्तै । भगवान, बरु त्यसलाई मृत्यु देऊ, त्यसले यो नरकबाट शान्ति पाउनेछ (Animal Euthanasia?)। त्यहि दृश्यले आज अपरान्हदेखि झन बढि तनावग्रस्त रहें । किन यस्ता अत्यन्त दु:खद दृश्यहरु देख्नुपर्ने हामीले ? थाम्न सकिनँ अनि दिनेश दाईसँग यो कुरा गरें । उहाँले त्यति ध्यान दिएको जस्तो लागेन । किन कसैले कसैको वास्ता गर्दैन ? म यो कुरा कोसँग शेयर गरुँ ताकि मन अलि  हलुका होस । तर कोही छैन । सबै पैसाको लागी, आफ्नो स्वार्थको लागी आँफैलाई बेच्न तयार छन बरु ।

मानवईतर प्राणीहरु साराका सारा यसरी नै सताईएका छन, चाहे ती जँगलमा बस्ने नै किन नहुन । र ती निरीह प्राणीहरुको एकमात्र दुश्मन मानव हो । सम्पुर्ण मानव जातिको संहारमा नै तिनिहरुको कल्याण छ ।

तिनिहरुमाथिको हरेक प्रकारको यातना, जबरजस्ती, शोषण, व्यापार, अराजकता, हिंसा आदि तत्काल अन्त्य गरिनुपर्छ ।

तिनिहरुको कल्याणको लागी म आँफुले सकेको गर्नेछु, मेरो प्रण अझ दृढ भयो ।

केही सुनेझैं लाग्यो, स्पष्ट भएन । अघिदेखि कराईरहेका कैयौं कुकुरहरुको कर्कश कोलाहलमा त्यो कुकुरले सकि-नसकि आँफुलाई समाहित गर्न खोजेजस्तो ।

आहत म ।

कैयौं दिनको घरभित्रको गुप्तवासपछि म आज बाहिर निस्कें । घाम देखें । बाटोघाटो,चोक, गल्ली सबै बिरानो लागे । म आफ्नै ठाउँमा एक्लो र बिरानो महशुस गर्दैछु । त्यही सुन्दरफीड चोकले रूप फेरेको आभाष भयो । चौतारीमा डरलाग्दा र नौला मान्छेहरु मलाई नै ताकेर बसेझैं लाग्यो । हच्किएँ । आँफैभित्र खुम्चिएँ । अस्तिसम्म मलाई स्वागत गरेझैं लाग्ने आँगन, घरछेउ र गल्ली आज मदेखि तर्सिएर भाग्न खोजेजस्तै अनुभव भयो । नरमाईलो झन असह्य बन्यो । भक्कानिएर रुन मात्र सकिनँ । घाम चर्किंदै आयो, म हिंडिरहें ।

तर जाने कहाँ ?साथमा यही विकृत शरीर बाहेक केही छैन । एक सुका साथमा नभएको पनि कैयौं दिन भईसकेछ । खल्ती टक्ट्क्याउनु बेकार भयो । सडक किनार-किनारै आँफुलाई घिसारिरहें । अडिन पटक्कै मन छैन । मध्यान्ह हुँदै आयो, घाम झन चर्को भयो, पसिना आउन थाल्यो । घाम र पसिनादेखि डराउने म आज तिनिहरुलाई नै साथी बनाएर लतारिइरहें ।

मान्छेहरुको अनुहारमा सोझो गरेर हेर्न सकेको पनि छैन । त्यसले मलाई पागल भन्ला (किनकि म ‘’mentally disturbed" देखिन्छु !) त्यसले मेरो ज्याकेट नराम्रो छ , मान्छे नै नराम्रो छ भन्यो । अर्कोले के जीन्ज लगाएको त्यस्तो भन्ला । अझ अर्कोले ‘लौ त्यो मान्छेले के सर्ट लगाएको त्यस्तो’ भनेर हाँस्ला । म आत्तिएँ । दगुर्न खोजें । म यस्तरी आत्तिएँ कि लाग्छ, सारा संसारका प्राणीहरु मलाई मात्र एकोहोरो नियालिरहेका छन र म तिनिहरुको मुखबाट अनन्त हाँसो र खिसीका घिनलाग्दा आवाजहरु  निस्कने प्रतिक्षामा छु, कामिरहेको ।

 
कतिखेर फेवाताल आईपुगेछ ! डिलमा बसें । तालछेउ बहने चिसो हावाले पसिना एकैछिनमा ओभायो; लगत्तै मुटु काम्न थाल्यो, जाडोले । बेपरवाह बसिरहें । आँखाले भ्याएसम्म देखिने तालमा चिप्लेकिराको गतिमा यताउता सलल बगिरहेका अनेकौं डुङ्गाहरु हेर्दा हेर्दा आँखा थाके, आँसु आउन थाल्यो । आँखा जँचाउनु पर्ने छ , मैले । अब त किताब पढ्न पनि नसक्ने स्थितीमा पुग्न लागिसकेको छु । केही गोरेहरु मनेरको बेन्चमा आएर ‘चेस’ खेल्न थाले । त्यहाँबाट उठेर तालको अझ नजिक गएँ र त्यहीं चौरमा बसें, करीब चार बजेसम्म । घाम अस्ताउँदै आयो, वातावरण धुमिल भयो । घाम लाग्दाखेरि अलिकति  खुलेको  मेरो मन फेरि घोर निराशा र विरहमा डुब्यो । सबैथोक बिरानो, उराठ चारैतिर । तालको सुदुरमा घामका किरणहरु पर्दा  देखिने टलपल-टलपल गरि झल्मलाउने मन बहलाउने दृश्य एक्कासी बिलायो । लाचार म, त्यहीं बसिरहें । अब घर कसरी फर्कने ?

अहिले मेरो अवस्था कुनै सडकछाप भिखारीको भन्दा फरक थिएन । यसमा मेरो कुनै गुनासो पनि थिएन नै । त्यहाँबाट फेरि आधा घण्टाजति हिंडेर बाराही मन्दिरनिरको बसस्टपमा आईपुगें । बगरसम्म पुर्र्याईदिनको लागी त्यहाँ एउटा खलाँसीलाई अनुनय-विनय गरें । उसले गुरुजीलाई सोध भन्यो । गुरुजीलाई आँफुसँग भाडा तिर्न पैसा नभएको तर जसरी पनि बगर पुग्नुपर्ने, बरु सिटमा नबसेर उभिउँला भन्ने कुरा बिन्ति गरें अनि मोबाईल नम्बर दिएर कुनै दिन पैसा तिर्नेछु भनेर विनय गरें । पहिलोपल्ट मैले यसरी आफ्नो स्वाभिमान बन्धकी राखें । तर खोइ किन यसरी पहिलोपल्ट आफ्नो स्वाभिमान थाती राखेर अरुको सामु निहुरिनु पर्दा पनि मलाई कुनै ग्लानि भएन । सहज रुपमै लिएँ । जीवन-संग्राममा अनेकौं आरोह्-अवरोह र सेरोफेरोहरुमा सम्झौता किन र कसरी गर्नुपर्नेरहेछ, आफ्नो मान-प्रतिष्ठा र आत्मसम्मानलाई तिलान्जली दिएर कसैको सामु किन झुक्नुपर्नेरहेछ भन्ने कुरा अहिले मलाई ज्ञात हुँदैछ । जीवन सन्धि र सम्झौताहरुको गुजुल्टो हो । चाहेर पनि हामी तिनिहरुदेखि भाग्न सक्दैनौं ।

बगर आईपुग्दा निष्पट्ट अँध्यारो भईसकेको थियो । जीवनको एउटा असाध्य पाटोलाई मैले आज भोगें । नपुग्दो मसँग केही थिएन तर पनि म मजबुर बनाईएँ । जीवन एक्लैले जिउने कुरा होईन, यो त अनेकौं अरु जीवनहरुसँग अन्तर्सम्बन्धित हुन्छ र तिनीहरुको सापेक्षमा रहेर जीउनुपर्ने अनिवार्य हुन्छ । अनि यसरी जिउँदा दु:ख, सुख, सम्झौताहरुलाई सामान्यीकरण गर्न सक्नुपर्छ । मैले मेरो जीवन मेरो परिवारसँगै ‘’त्यसको’’ जीवनसँग पनि सम्बन्धित रहेको जब थाहा पाएँ, ठिक त्यसैबेला ‘’त्यसले’’ जिन्दगीको त्यो शाश्वत सत्य (अन्तर्सम्बन्धित, सम्झौताहरु आदि) लाई बुझ्न सकेन (अथवा बुझ्न खोजेन); अनि म यो अवस्थामा आईपुगें ।

(Written some weeks ago)

Losing Sanity

Days are like months. I wanna run faster than the time…Poor me, bereft and wretched. Kept curling up on the bed throughout the day. Dark room, chilling winter and crumbled heart; why she has filled up my mind; why she has mesmerized me…

I wish I were Davy Jones, who detaches his heart following a betrayal by his love to not experience the pain which was excruciating.

If I’m gonna lose my sanity soon? I’m indifferent. In pain and despair, you fear no one. You fear nothing.

I’ve not brushed tooth for weeks nor have taken bath. I open Yahoo Messenger. But there is nothing to do. MSN Messenger too, I used to meet and talk with her till 2/3 am of morning. I try to find her there…I also open email inbox, there I try my best to discern her… But alas! it has been obliterated. Everything is annihilated. I just can’t cry loudly…Hurriedly I grab mobile and flip through her SMSs– only some are left. I read them for number of times; I keep repeating, repeating, repeating…….Suddenly, I recall these lines: ‘’you look mentally disturbed, अँह, मनै परेन, चित्तै बुझेन । ज्याकेट मन परेन । मलाई अ….ग्लो चाहिन्थ्यो । सरी । अब फेरी काठमाडौं कहिल्यै नआउनुहोला…………….’’ I chuck mobile somewhere. I weep copious tears. *crying* :'((

But I love her. And love doesn’t end easily.