विदारक कथा

राँगो लगाउन जाँदाखेरि भैंसी भिरबाट लड्छ । भीर त्यति अग्लो पनि होइन । भैंसी उठ्न सक्दैन; पछाडीको हर नै भाँच्चिएको रहेछ । दुध दिने लैनो भैंसी । कम्तिमा 30 हजार हालेर अस्ति भर्खर भदौमा किनेको । त्यहि भैंसीको लागि ती दम्पतीले कम्ती दु:ख गरेनन । ती नारी दिनरात नभनी काम गर्थिन । भैंसीलाई घाँस, पराल, कुँडो-पानी आदि अनि दिनभरी बाख्रासँग रन-वन चाहार्दाको थकाई, तैपनि ती महिला सन्तुष्ट नै देखीन्थिन, बिहान-बेलुका बाल्टी भरी दुध दुहुँदा तिनि सबै दु:ख बिर्सिन्थिन । त्यहि भैंसी किनेको पैसा बुझाउनु पर्दा तिनिहरुको दशै-तिहार पनि रमाईलो भएन, दु:खमा नै बिताए । ती दम्पती विलखबन्दमा पर्छन । त्यहीं भक्कानो परेर रून्छन । मान्छे जम्मा हुन्छन । भाँच्चिएको मेरुदण्डको उपचार गर्न पाए त्यो भैंसी मज्जाले बाँच्ने थियो । तर अब त्यो दुर्गममा उपचार सम्भव नै छैन । कहाँबाट डाक्टर ल्याउने, आदि आदि । आखिर ती दम्पती छँदा-खाँदाको भैंसी तामाङेहरुलाई काटेर मासु खान दिने निर्णयमा पुग्छन । तामाङेहरुले बन्चरोले हानी हानी त्यो निर्दोष प्राणीको विभत्स हत्या गर्छन । यता घरमा सानो पाडी कराईरहन्छ ; दिन रात । ती दम्पतीमाथि पीडामाथि पीडा थपिन्छ । घरमा सहारा पनि अरु कोहि छैन । ती दुई दम्पती मात्र छन घरमा । छोराहरु पनि जागीर र पढाईको लागि घरदेखि टाढा छन । यो सुनेर म आहत हुन्छु । आँखाबाट तरक्क आँसु चुहिन्छ । पछि भेट हुन्छ, तिनिहरुसँग । म सान्त्वना दिन्छु । खुशी बाँड्यो भने बढ्छ अनि दु:ख बाँड्यो भने घट्छ । म सोच्छु, के मेरो सान्त्वनाले तिनिहरुको पीडा अलिकती भएपनि कम गर्न सक्यो होला ?
 
(Written on 27 Dec. 2008)

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s