आत्मकथा ।


रात मस्त निद्रामा छ । समुद्र किन हो मैलो बिस्तारामा छट्पटाईरहेको छ, निदाउन सकेको छैन , आँखा चिम्लेर निदाउने प्रयत्न नगरेको होइन तर उसको मन निदाएन । अँह कहिल्यै । समुद्र, बिचरो ! अनायासै ओछ्यानबाट उठ्यो….

[समुद्र उठ्छ, बत्ती बाल्छ, झ्यालबाट एकपटक बाहिरको चकमन्नतालाई निहार्छ । मोबाईल टिप्छ । उसको धुकधुकी बढ्छ । केही अत्तालिन्छ । यत्तिकै बसिरहन्छ । मैनबत्ती बलिरहन्छ । केही छिनपछि गह्रुंगो छाती लिएर फेरी ओछ्यानमा पल्टन्छ । ]


समुद्र फेरि निन्द्रादेवीको काखमा पुग्यो । निदाउने प्रयत्न गर्दैछ तर निदाउन सकेको छैन । निन्द्रा ईश्वरीय तत्व हो, माया ईश्वरीय तत्व हो । निन्द्रा लाग् भन्दैमा लाग्न सक्दैन,माया नलाग् भन्दैमा नलाग्न सक्दैन । भोक र तिर्खा पनि माया र निन्द्रा जस्तै हुन् । गाँस बास कपासको अभावले प्रताडित कैयौं मान्छेहरु आरामदायी बिछ्यौनाको अभावमा नचाहँदानचाहँदै पनि निदाउन सक्छन तर आरामदायी बिछ्यौनामा सुतेर पनि समुद्र निदाउन सकेको छैन । त्यसबाट हदैसम्म अपमानित र लज्जित बनाईएपनि किन किन ऊप्रति समुद्र सँधै विमोहित छ ।  बिर्सन खोज्छ, बिर्सन सक्दैन । उसकी आमाले उसलाई ह्रदयको छ्याल्ब्याल माया दिएकी छिन् , स्नेह दिएकी छिन् , ममता दिएकी छिन् , तरपनि उ किन त्योप्रति त्यति सारो आशक्त छ, उसलाई थाहा छैन । अनलाईन भेटमै त्योप्रति किन ऊ आकर्षित भयो र उसलाई माया गर्न थाल्यो, उसलाई केही पत्तो छैन । मायाको पनि हद हुन्छ । तर समुद्र घरीघरी त्यसको तस्वीर हेर्छ, कम्प्युटर खोल्छ, उसले पठाएका ईमेलहरु पढ्छ । घरीघरी मोबाईल समात्छ  अनि उसका SMS हरु दोहोर्र्याउँछ ।


बिहानी हुन्छ,  रात पर्छ । रात पर्छ, बिहानी हुन्छ । समुद्र आफ्नो परिवारसँगै जीवन सँग्राममा जुधिरहन्छ । ऊ मुश्किलले निदाउँछ । निन्द्रामा प्रायजसो ऊ बर्बराउँछ । निन्द्रैमा त्यो सँग बात मार्छ । काठमाण्डु, चाबहिल, त्यो र त्यसको कलेज उसले कहिल्यै नबिर्सने नाम भएका छन् । अनलाईनमा जब जब कोही आउँछन्, ऊ निकैबेर तिनमा त्यसलाई देख्छ…..तर सबै व्यर्थ !


समुद्र जीवनदेखि विरक्तिएको धेरै भयो । यता उसको जीवनमा त्यो फेरि फर्कला कि नफर्कला यसै भन्न सकिन्न । तर उसको माया शायदै मेटिएला । पढ्न नगएको पनि धेरै भयो, उसले स्वास्थ्यको ख्याल राख्न पनि उहिल्यै छोडिसकेको छ । अब त मृत्यु बाहेक अरु विकल्प पनि बाँकि देखिन्न । तर आजसम्म समुद्र भने उसको बाटो हेरेको हेर्र्यै छ, अनलाईनमा र वास्तवमै पनि, केही अग्लो अनि पातलो शरीर, फरासिलो बोली, निर्दोष हेराई । के भएको समुद्रलाई ! त्यसले उसको मन किन यति सारै चोरेको ? यो एउटा अनुत्तरित प्रश्न हो । त्यसले समुद्रको मन सुटुक्कै चोरेछ । थाहापत्तै नदिई चोरेछ । कानून भन्छ, चोरलाई पाता फर्काएर बाँध्नुपर्छ । तर समुद्रहरुको मन चोर्ने संसारका कुनै पनि निहरुलाई हामी पाता फर्काएर बाँध्न सक्दैनौं । स्वयं समुद्र नै मान्दैन, अनिअनि तपाईंको के लाग्छ ! समुद्र त पिरलिएको छ, कतै त्यसले अरु कसैलाई माया गर्न त थालेन ! हे भगवान् ! यस्तो दुर्दशा नहओस् । हर रात, हर दिन ऊ परमेश्वरसँग यही प्रार्थना गर्छ । समय भने बेतोडले दगुरिरहेछ । बिचरो समुद्रलाई भने अत्तोपत्तो नै छैन । महिनौं बितिसक्यो, ऊ भने अझै अन्धकारमै छ । समय ! तँ कति निर्दयी छस् , समय तँ कति निठुरी छस् ।

[भवानी भिक्षुको ‘त्यो फेरि फर्कला’ मा आधारित]


(यो साहित्य होइन, यथार्थ हो । साहित्य त उहिल्यै Expired भईसक्यो । नत्र 50 रुपियाँको लोक गीत को क्यासेट हजारौं प्रति बिक्छ, तर मोदनाथ प्रश्रितको  मानवजस्तो कृति साझा प्रकाशनको गोदाममा दशकौं थन्किन्छ । किनकी नेपालमा साहित्य कहिल्यै लोकको लागि लेखिएन, केही अपवादबाहेक । लेखकले आफ्ना लागि लेख्छ्न्, जनमानसले चाहे बुझुन् वा नबुझुन् । त्यसैले नेपालमा पनि साहित्यको नाममा आदर्श होइन, जनमानसले सजिलै बुझ्ने सजिलो भाषामा लेखिएको बिकाउ र बजारमुखी साहित्यको शुरुवात हुनुपर्छ ।)

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s