असह्य यथार्थ

आज दिनभरी नै बिसन्चो महशुस गरिरहें दिउँसो 12 बजेतिर दिनेश दाईले ‘हिंड जाउँ घुमेर आउँ’ भन्नुभो पि.एन. क्याम्पसको डिलतिर गयौं धेरैबेर बसियो त्यहाँ फोटो पनि खिचियो धेरै कुरा भए दिनेश दाईसँग हुन त दाजु-भाई हामी यसरी सँगै घुम्न विरलै निस्कन्छौं दाईले मलाई साथ लिएर हिंड्न कहिल्यै रुचाउनुभएन कुरा गर्ने क्रममा सुख-दु:खका कुराहरु पनि भए मेरो अवस्थाप्रति दिनेश दाईको सहानुभुति रहेको मैले पाएँ र, मैले यो पनि भनिदिएँ कि ‘’त्यो’’ नै मेरो जीवनको पहिलो र अन्तिम प्रेम थियो दाईले कुनै प्रतिक्रिया दिनुभएन अनि पछि बगरको एक रेष्टुरेन्टमा कोकोकोला खाएर हामी फर्कियौं


आजको अनुभव मलाई साँच्चै अनौठो लाग्यो दाईले मलाई पहिला कहिल्यै त्यसरी घुम्न जानको लागि आग्रह गर्नुभएको थिएन र म आँफैलाई पनि अप्ठयारो लाग्छ, दिनेश दाईसँग हिंड्न अब त एक्लै हिंड्ने बानी परिसकेको छ, एक्लै क्याम्पस जाँदा जाँदा

अहिले भर्खर उसले पनि ब्लग लेख्न थालेको थाहा पाएँ साँच्चै त्यसले ब्लग लेख्यो आज, नितान्त पहिलो ; मेरो बारेमा, हाम्रो विगतको सम्बन्धको बारेमा म वास्तवमै चिच्याएँ जब मैले त्यो थाहा पाएँ, खुसीले आँखा रसाए ‘’त्यो‘’ मेरो जीवन नै हो, वास्तवमा
मैले कतिचोटी दोहोर्र्याएँ होला, त्यसको त्यो पहिलो ब्लग, म आँफैलाई थाहा
छैन !!! हे ईश्वर, त्यसलाई पढ्न पाउँदा म आँफैलाई भाग्यमानी ठान्दछु
म कति खुशी छु आज, अहिले ! तर मलाई थाहा छ, यो मेरो खुशी धेरैबेर रहने छैन जब मलाई त्यसले सँधैको लागि त्यागेको थाहा हुन्छ, म फेरि टुक्रा-टुक्रा हुनेछु मेरो नियति आँफैलाई आँफैप्रति दया लाग्छ

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s