दैनन्दिय



म खत्तम छु । मेरो स्थिती झन् कहालीलाग्दो छ । आँफैप्रति दया लाग्छ । म किन जन्में हुँला । मेरो के प्रयोजन । म किन यति अक्षम र चारैतिरबाट सताईएको, मन नपराईएको, हेलित । चाहन्छु, कोही म जस्तो नजन्मिउन् ।

ननुहाएको पनि महिनौं भईसकेछ, 40 दिनभन्दा बढि । अँह, केही गर्न मन लाग्दैन । जोशजाँगर ख्वै कता हराए । क्याम्पस त झन् एकदम अनियमित भएको छ । अस्ति 15 गतेबाट त दाँत पनि माझ्न बिर्सिएको छु । सुजनले मुख गन्हाईरहेको छ भन्दै थियो । फागुन महिना पनि सिद्दिन लागिसकेको र जाडो धेरै घटिसकेको अवस्थामा पनि म कामिरहेको छु, जाडोले । पानी छुनै सक्दिनँ । गोडा त्यस्तै चिसो हुन्छ । के भएको ? सिरकमा नगुट्मुटीएसम्म मलाई जाडोले सताउन छोड्दैन । अचम्म मान्छन् सबै जना । भन्छन्, अत्याधिक मानसिक तनावले गर्दा हुन सक्छ ।

त्यसको आगमनले मेरो जीवनमा साँच्चै ठूलो प्रभाव पार्र्यो । जीवनलाई बुझ्ने मेरो दृष्टिकोणमा परिवर्तन आयो, त्यसको प्रेरणाले । यद्दपि, अहिले फेरि म पुरानै अवस्थामा फर्काईएको छु, जीवन जियाई प्रतिको मेरो वितृष्णा झनै बढेर गएको छ ।

सुडानका राष्ट्रपति ओमारअलबसिर विरुद्द हेगस्थित अन्तर्राष्ट्रिय अदालतले मानवताविरोधी र युद्ध अपराधको आरोपसहित पक्राउपुर्जी जारी गरेको सुन्दै गर्दा ढिलोचाँडो प्रचण्ड लगायत अन्य माओवादी नेताहरुविरुद्द पनि उनीहरुले गरेका असँख्य र जघन्य हत्या, अपहरणका लागी अदालतमा मुद्दा चल्नेछ र कठघरामा उभ्याईनेछ भन्ने कामना गरें । शान्ति स्थापनाको निहुँमा उनीहरुले उन्मुक्ति कदापि पाउनु हुँदैन । अहिले सत्य निरुपण आयोग गठनको कुरा उठे पनि त्यो माओवादी नेताहरुको आफ्नो शरीरमा लागेको रगतको टाटो पखाल्ने एउटा बहानासिवाय अरु केही हुने वाला छैन ।

आउनुस् , दोषीलाई कानुनको चौघेरामा ल्याएर उभ्याउँ र सोही अनुसारको सजाय दिलाउँ; तब मात्र पिडितले वास्तविक न्याय पाएको ठहर्दछ जुन् केही लाख अथवा हजारको क्षतिपूर्तिबाट शायदै सम्भव होला ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s