श्रमको सम्मान

….जोगीले फेरी लगाउँदैछ अहिले बिहानको 1:42 बज्यो रात चकमन्न छ आज त कुकुरहरु कराएको पनि सुनिएको छैन यो चैत्र महिना हो वर्षको कात्तिक र चैत्रमा जोगीले बराँठको सिङ फुक्दै घर-घर मन्त्र फलाक्दै हिंड्छन्, यसैलाई ‘फेरी’ लगाउने भन्छन् भूत-प्रेत, पिशाच, बोक्सी लगायतका अन्य दुष्ट तत्वहरुले घरमा पसेर केही बिगार गर्न नपाओस् भनेर यसो गरिन्छ रे जोगीले फेरी लगाउँदाखेरी आफ्ना दैवी मन्त्रहरुले घरलाई बाँध्छन् रे अनि कुनै भूत-पिशाचले छुन सक्दैनन भन्ने मान्यता छ अनौठो छ, हाम्रो हिन्दू परम्परा; वैज्ञानिक पनि शङख फुकाईको उपादेयता विज्ञानले पनि पुष्टि गरिसकेको छ र यो बराँठको सिङ् फुकेर लगाईने फेरीको पनि कुनै खास प्रभाव/असर नहोला भन्न सकिन्न

पोहोर साल चाहिं मलाई थाहा भएन शायद त्यतिबेला फेरी लगाउन कुनै जोगी आएनन् अन्य चालचलन र सँस्कृति झैं यो फेरी लगाउने चलन पनि हराउँदै छ, शास्त्रमै ‘दश घर मागेर खानु’ भन्ने आदेश दिईएका जोगीहरुलाई अचेल अत्यन्तै अपमान गरिन्छ; काम गर्न अल्छीले माग्न आएको भन्ने जस्ता लान्छना लगाईन्छ, जुन दु:खको कुरा हो जोगीहरु हामै सनातन वैदिक परम्पराका अभिन्न अंग हुन् सबैको सम्मान गर्नुमा नै हाम्रो भलो छ चाहे जोगी होस्, चाहे भरीया होस्,चाहे डाक्टर होस्; सबैले आ-आफ्नो भागको काम गर्ने हो डाक्टरले बिरामी जाँच्छ, भरीयाले भारी बोक्छ र जोगीले माग्छ कुन् नौलो कुरा भयो र कसैले कसैको कामप्रति आग्रह, पुर्वाग्रह राख्नुहुँदैन काम नै सर्वश्रेष्ठ हो   यसको तुलना पनि गरिनुहुन्न जोगीको काम र डाक्टरको काममा तुलना गरेर जोगीलाई फिका देखाउने हर्कत कदापि हुनुहुँदैन नत्र दश घर डुलेर, लान्छना, गाली सहेर मागी हिंड्ने रहर कसलाई पो हुन्छ र ! आखिर मानव हो, स्वाभिमान त जोगीको पनि हुन्छ नि !

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s