अनिद्राले आँखा रातो भएर बिझाउँछ; शरीर एकदमै शिथिल र कमजोर हुन्छ; सुत्छु, तर अँह निदाउन सक्दिनँ । दिउँसो-बेलुका जतिबेला मिल्छ, ओच्छ्यानमा पल्टेर निदाउन प्रयत्न गर्छु, तर अँह निन्द्रा आउँदैन । घरमा आँखा पाक्यो कि के हो भन्दै छन् । जब सुत्न ओच्छ्यानमा पल्टन्छु, त्यो रात अनि त्यसलाई सम्झन्छु । अनि निद्रा..खोइ कता हराउँछ । अँह मैले कहिल्यै बिर्सन सक्दिनँ ; आज 4 महिना भईसक्यो । मेरो मुटु निकाल; मलाई बेहोस पार्नु पर्दैन; म सहन सक्छु । तर यो विछोड दिनानुदिन असह्य हुँदैछ ।
भगवान्, मलाई मृत्यु देऊ । म बाँच्न सक्दिनँ अब अरु ।
Advertisements