नयाँ वर्षमा श्री ५ को सन्देश

श्री ५ ज्ञानेन्द्रले नयाँ वर्ष २०६६ को उपलक्ष्यमा शुभकामना सन्देश दिँदै नेपालको स्वतन्त्रता, राष्ट्रिय एकता र अखण्डता तथा प्रजातन्त्रको सुदृढीकरण नेपाली मात्रको पहिलो चाहना भएको बताईबक्सेको छ । श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट बक्सेको सन्देश शीर्षकमा प्रेषित सन्देशमा भनिएको छकुनै पनि मुलुकको विकास र उसले आर्जिने सम्मान त्यस देशका जनताको प्रतिबद्धता र लगनको उपज हुने गर्दछ। त्यसैले उक्त कुरालाई आमव्यवहारमा उतार्न मुलुकमा शान्ति र प्रजातन्त्र आवश्यक हुन्छ ।

स्वस्थ सामाजिक, विशुद्ध धार्मिक र विशिष्ट सांस्कृतिक राष्ट्रिय धरोहरलाई नखलबल्याई हामी सबै नेपालीलाई सुखी र समृद्ध बनाउन राष्ट्रिय एकता, मेलमिलाप र सहकार्यबाट सहज हुनेछ, सन्देशमा भनिएको छअन्त्यमा हाम्रो राष्ट्र सगरमाथाजस्तै सदा उँचो रहोस्, हाम्रो मौलिक राष्ट्रिय अस्तित्व सदा जीवन्त रहोस्। हिमाल, पहाड र तर्राईमा बस्ने सबै नेपालीको मन परस्पर मिलोस्, बाँच्ने, खाने, लगाउनेजस्ता मानवीय हक र स्वतन्त्रताको उपभोग गर्ने अवसर सबै नेपालीलाई प्राप्त होस्यही नै मेरो कामना छ ।

अन्त्यमा श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून्, जय  नेपाल भन्ने वाक्य राखिएको छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s