बान्ता, बिमारी र सिलिङ

 

आज दिनभरी नै वान्ता होलाजस्तो भईरह्यो ज्वरोको साथमा बान्ता अनि गलित  र जीर्ण शरीर; दिनभरी सुतिरहें, पंखा र ट्युबलाईटसहितको सिलिङलाई नियाल्दै  ज्वरो त म सक्छु सहन तर वान्ताले असाध्य बनाईरहेको छ 

……… र यो पनि

नागरिक सर्वोच्चताको नाममा माओवादीले सेनामा राजनीतिकरण गर्ने दु:स्साहस सत्तारोहणदेखि नै  गरेको हो  सेनापति कट्वाललाई आज स्पष्टीकरणको दिनको लागि गरिएको आव्हान यसैको पछिल्लो कडी हो  माओवादीको धम्की, र बर्खास्तीको कुनै परवाह नगरी सेनाको वृत्ति र राजनीतिक हस्तक्षेपबाट बचाउको लागि आफ्नो सिद्धान्तमा अडिग रहेका सेनापतिको व्यवसायिक लगाव र दक्षतालाई मान्नै पर्छ  न्यायालय, सन्चार , कर्मचारीतन्त्र लगायतका क्षेत्रमा उसको नाङगो हस्तक्षेपको दुस्प्रयास देखिसकिएको छ   यति हुँदाहुँदैपनि यतिखेर उसको विकल्प पनि देखिन्न  काँग्रेस, एमाले जस्ता जनताले तिरस्कार गरिसकेका भ्रष्ट दलहरुले फेरि पनि देशको शासनभारको बागडोर पाउलान् भनेर सोच्नु मुर्खता मात्रै हो 

के तीसौ वर्षदेखि पृथकतावादी लडाईं लडिरहेका तमिल टाईगर्सहरु समाप्तिको संघारमा  आईपुगेका हुन् ? यतिका वर्षपछि आएर उनीहरु लगभग समाप्तिको, समूल पराजयको दिशातर्फ उन्मुख छन्    


 
राजसँस्थाको अनुपस्थितीमा देशमा अराजकता, अन्योल, दण्डहीनता, राज्यविहीनता फैलिएको र राजसँस्थाको सान्दर्भिकता अझै नसकिएको स्वीकार्दै बामपन्थी नेता तथा विश्लेषक श्री भरत दाहाल ‘नेपाल’ साप्ताहिकमा गत 2065 सालको समीक्षा गर्दै लेख्छन् :  
 
….संविधानसभा बैठकमा देश टुक्र्याउने राष्ट्रविरोधी धम्कीहरू निर्वाध रूपमा चल्न थाले । ०६३ सालको संसद् पुनःस्थापनाको लगत्तै जब राजतन्त्र निष्त्रिय भयो, देशभित्र धमाधम पृथक्तावादी गुटहरू संगठित हुन थाले ।……यी घटनाहरूका अतिरिक्त आज जुन प्रकारको अस्थिरता र अराजकताले प्रश्रय पाएको छ, त्यो सबै शक्ति सन्तुलनको केन्द्र नहुनुबाटै बढी पैदा भइरहेको छ । समाज विकासको प्रक्रियाबाट हेर्दा सैद्धान्तिक रूपमा राजतन्त्र प्रगतिशील कुरा होइन भन्ने विषयमा द्विविधा छैन । तर, व्यावहारकि रूपबाट हेर्दा वैकल्पिक शक्तिकेन्द्रको विकास नहुँदासम्म राजतन्त्रको अन्त्यले लामो समयसम्म अस्थिरता पैदा गर्नेछ भन्ने कुरामा कुनै शंका छैन । नेपालको स्थिरता र सुरक्षाका लागि शक्तिकेन्द्रको अभाव निकै खतरापूर्ण सावित हुनसक्छ ।……….समस्याहरूको समाधानको कुनै सम्भावना देखा नपर्दा नेपाली सेना, पूर्वराजा, कर्मचारीतन्त्रजस्ता परम्परागत शक्तिकेन्द्रको महत्त्व बढेर गएको देखिएको छ ।
 
   
     भरत दाहाल
 
उनी अझ अगाडि थप्छन् :  समाज विकासको आधारबाट हेर्दा राजतन्त्रका तुलनामा गणतन्त्रको स्थापना गुणात्मक रूपमै क्रान्तिकारी फड्को हो तर इतिहासका सबै गणतान्त्रिक व्यवस्थाका परिणामहरु क्रान्तिकारी हुँदैनन् । नेपालको गणतन्त्र समाज विकासको सकारात्मक फड्कोका रूपमा होइन कि देशको शक्तिसन्तुलनको केन्द्रको अन्त्य र त्यसको विकल्प तयार नहुँदाको नकारात्मक खतराका रूपमा महत्त्वपूर्ण रहन पुगेको छ ।
 
१२ बुँदे समझदारी पनि राष्ट्रिय शक्ति सन्तुलनको केन्द्र बन्न सकेन । किनभने, प्रथमतः त्यो दलहरूको इच्छाधीन भएको थिएन । दोस्रो कुरा, त्यो निश्चित राजनीतिक स्वार्थका एजेन्डामा मात्र आधारति रहेकाले पनि त्यसले केन्द्रका रूप लिनसक्ने कुरा थिएन । फलतः परिणाम के भयो भने राजतन्त्रको अन्त्यपछि नेपाली समाज सानासाना बहुकेन्द्रहरूको दिशामा अघि बढ्यो र देशभित्र विदेशी शक्तिहरूको दौड प्रतिस्पर्धा बेलगाम बन्न पुग्यो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s