कहीं नभएको जात्रा

 

आजको कथित गणतन्त्र दिवसको उपलक्ष्यमा आयोजित समारोहमा माओवादीका कुनै पनि नेताहरुलाई नदेख्दा खिन्न लाग्यो । जसले गणतन्त्रको लागि दशकौं वर्ष स-शस्त्र युद्ध लड्यो, हजारौंको बलिदानी दियो, र जसको नेतृत्वमा देशमा यत्रो ठूलो परिवर्तन सम्भव भयो, त्यही दलको असंलग्नता यस पहिलो कथित गणतन्त्र दिवसको समारोहमा देखिनु निश्चय नै बिडम्बनापूर्ण छ । वास्तवमा गणतन्त्र, संघीयता र संविधानसभाको जननी माओवादी नै हो । यो परिवर्तनको एक्लो हकदार माओवादी हो । यो एउटा सत्य हो । यो सत्यलाई स्वीकार्न हिच्किचाउनु भनेको ईतिहास र यथार्थतालाई जबरजस्ती नकार्नु हो, जनताको रगत-पसीना र बलिदानीको सरासर अवमूल्यन हो । तर घोर बिडम्बना, जसले गणतन्त्र, संविधानसभा, संघीयता लगायत अन्य कैयौं राजनीतिक, सामाजिक, साँस्कृतिक परिवर्तन सम्भव तुल्यायो, त्यहि शक्ति यतिखेर जबर्जस्ती एक्ल्याईएको छ, सरकार छाड्न बाध्य तुल्याईएको छ, गणतन्त्र सँस्थागत गर्नबाट वन्चित छ । र जसले कहिल्यै यी मुद्दाहरुको वकालत गरेनन्, ऊनीहरु नै अहिले ठालू पल्टेर रजाईं गर्न खोजीरहेका छन् । माओवादीले त्यत्रो सँघर्ष गरेर देशमा यत्रो परिवर्तन ल्यायो, तर फल भने ऊनीहरुलाई चाख्न नै नदिई अरुहरुले खोसिसकेका छन् । यसलाई के भन्ने ? काम गर्ने कालु, मकै खाने भालु भनेको यही होला ।

आज टीभीमा एक्कैछिन कथित गणतन्त्र दिवसको ‘लाईभ’ हेर्दा समारोहमा गणतन्त्रको लागी कहिल्यै संघर्ष नगरेका दल र तिनिहरुका भरौटेहरुको चुरीफुरी देख्दा घिन लाग्यो । मन्चमा कथित राष्ट्रपतिदेखि सेनापतिसम्म सबै एमाले-काँग्रेसका मान्छेहरु मात्र देखिन्थे । देशमा गणतन्त्र भर्खरै आएको छ र कमसेकम यो पहिलो वार्षिकोत्सव समारोहमा माओवादीको सम्मानजनक उपस्थिती हुनुपर्ने हो । तर, राष्ट्रपतिदेखि सभाध्यक्षसम्म एउटै पदमा पनि माओवादीको प्रतिनिधित्व छैन । एउटा प्रधानमन्त्री थिए, तर तिनलाई पनि 9 महिनामै राजीनामा दिन बाध्य पारियो । कत्रो बिडम्बना ! मन्चबाट राष्ट्रपति, प्रधानमन्त्री देखी कथित उच्च ओहोदाका व्यक्तिहरुले समारोहको ‘अवलोकन’ गरिरहँदा तिनिहरुले समग्रमा समारोह र अहिलेको सत्यलाई गिज्याईरहेझैं लाग्यो । माओवादीका योजनाकार डा. भट्टराई भन्छन् , ”यो शिशु गणतन्त्रलाई आमा (माओवादी)को हातबाट जबरजस्ती खोसिएको छ । अब शत्रुहरुको हातबाट त्यो शिशु या त निर्दयतापूर्वक मारिन्छ या कुपोषित बनाईन्छ ।”

कहीं नभएको जात्रा अहिले नेपालमा म देख्दैछु ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s