आमाssssssssssssss

 

आमाssssssssssssss….. आमाsss….आज रोएँ म धेरै दिनपछि, डाँको छोडेर; तिमिलाई सम्झिएर …हुँहुँहुहुँ….. ….. पत्याएनौ ? अँह मैले तिमिलाई सुन्न दिईनँ, कसैलाई पनि । यसरी मूल फुटेझैं आँखाबाट बलिन्द्रधारा आँशु मैले शायदै बगाएँ । पछिल्लो पटक उसँगको बिछोडमा म बगेको थिएँ  ।  आज बगाएँ, बगाईरहेको छु । ख्वै किन, तिमिलाई सम्झिएर म थामिन सकिनँ, आज । किबोर्डमा औंला चलाईरहँदा पनि म थामिएको छैन । बग्न देऊ, आँशु न हो, कहिल्यै रित्तिने छैन । र फेरि कहिल्यै रुन पाउने पनि छैन । लाग्छ, तिमिलाई अंगालो हालूँ र घोप्टो परेर अझै रोउँ । तिमी मीठो निद्रामा सुतिरहेकी छयौ यतिखेर । किन डिस्टॅर्ब गरूँ ? मेरो आँशु तिमिले अँह सहन सक्ने छैनौ, म जान्दछु । तिमिलाई मैले सँधै ढाँटीरहें , निर्दोष तिमी । तिमिले मलाई पत्याईरह्यौ । म पापी हुँ । म पापी….म माथि के बितिरहेको थियो, अँह तिमिलाई कहिल्यै थाहा भएन । तिमिलाई कहिल्यै पनि बताईएन । म जिन्दगीको कुन् मोडमा आईपुगेको छु, अँह कोही जान्दैन किनकि तिनिहरुलाई बताईएकै छैन । हुँहुँहुँहुँ……कसरी थामिउँ म ? कसरी ? मैले झ्याल-ढोका यस्तरी लगाएको छु कि  कोही कसैले मलाई सुन्न सक्दैन । म यही चाहन्छु । पीडाहरु मैले सँधै लुकाईरहें तिमिसँग । मैले झूठो बोलिरहें, तिमिले पत्याईरह्यौ ।  बिचरी तिमी, ……..म सिद्धिंदैछु । कतिन्जेल लुकाईरहुँ व्यथा ? कतिन्जेल निस्सासिईरहुँ ? अति भयो अब । मलाई जान देऊ; तिम्रो यसैमा शायद भलाई छ र मेरो पनि ।

तिम्रा सपनाहरु अधुरै रहे । म कुपुत्र, सपुत बन्न सकिनँ । आफ्नै कारणले सिद्धिएँ । तिम्रो कोख खोटो थिएन, मै खोटो । तिमी त आमा हौ, मेरो ब्रम्हाण्ड, मेरो सारा । अर्को जन्म यदि सम्भव छ भने, बिन्ति गर्छु, तिमिसँग; ती अमूर्त भगवानसँग होईन, कि मलाई अर्को जन्ममा फेरि आफ्नो सन्तान बनाऊ ताकि  तिम्रा अधुरा सपनाहरु पुरा गर्न  र तिम्रो ममताको बोझ उठाउन सकुँ । अँह, सक्दिन अरु लेख्न..………………….. तिमी सुतिरहु मीठो निंद्रामा । म छु नि अहिलेसम्म/आजसम्म त । भोलि पो के हुने हो थाहा छैन । भोलि बिहान तिमिले सोध्नेछौ, आँखा किन सुन्निएको ? म फेरि ढाँट्नेछु । हे राम …………. शुभरात्री ! तिमी मेरी, म कुपुत्र नै भएपनि । आखिर म तिम्रो सन्तान हुँ; कुरुप, लाछी, अपहेलित, निस्सासित …………………………….हुँ हुँ…

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s