दु:ख भित्रको परमानन्द

अघि ट्वाईलेटमा एउटा साङ्लो डुबेको रहेछ । बाहिर निस्कन खोज्दै थियो । तर हरेकपल्टको उसको प्रयास असफल साबित भयो । मैले हेरिरहनँ सकिनँ । न त छोडेर आउन नै । ब्रसको सहायतामा त्यसलाई बाहिर निकालें र झ्यालबाट बाहिर छोडिदिएँ । अनौठो आनन्दको अनुभव भयो । कसैले भन्ला, अझ हाँस्ला मेरो ‘अस्वभाविकता’मा;  त्यो नाथे साङ्लोलाई किन बचाएको, त्यसलाई त मार्नुपर्छ । घर फोहोर गर्छ । म भन्नेछु,  नाथे नै भएपनि त्यो एउटा जीवन थियो, निरीह;  हठात् मरणको दोसाँधबाट उम्किन खोज्दै । वास्तवमै एउटा विशिष्ट परिस्थितिको महशुश भयो ।  मैले त्यो साङ्लो बनेर अनुभव गरें , र एकप्रकारले मृत्युलाई नजिकबाट नियालें । मेरो अनौठो विशेषता, अत्याधिक संवेदनशीलता अनि अरुको दु:ख-पीडालाई केही हदसम्म अनुभव गर्न सक्ने । मेरा कैयौं साथीहरु अक्सर मेरो यो संवेदनशीलताको चर्चा गर्छन्, धेरैले खिल्ली उडाउँछन् ।

तपाईं एकचोटी त्यो साङ्लो भएर कल्पना गर्नुस् त । तपाईं डुब्दै हुनुहुन्छ, जीवन-मरणको सवाल छ, तर केही गर्न सक्नुहुन्न । एकछिन पछि कोही आएर ‘फ्लश’ खोलिदिन सक्छ । अनि……तपाईंको जीवनको अन्त्य । हामीले हामी भएर धेरै बाँच्यौं, अब दु:ख-पीडामा छट्पटीईरहेकाहरुको लागि पनि बाँचौं । हाम्रो सानो सहयोगले ऊनीहरुलाई ठूलो राहत मिल्छ । मान्छे मात्र किन ! जीवन पशु-पंक्षीहरुको पनि हो, दु:ख-पीडा ऊनीहरुको पनि नियति हो ।

परमानन्दको प्राप्ति फगत कठोर तपस्या र परमेश्वरसँगको साक्षात्कारमा मात्र सम्भव छ भन्ने होईन । दु:ख र तनावको बीचमै पनि आज मैले यो कुरा धेरै हदसम्म अनुभव गरें ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s