दरबार हत्याकाण्डको ओझेलमा पारिएको वास्तविकता

पछिल्लो समयमा राजा ज्ञानेन्द्रसँग भेटघाटको मौका पाएका वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीको दरबार हत्याकाण्डको बारेको विष्लेषणले अहिलेसम्म ओझेलमा पारिएको वास्तविक तर झ्वाट्ट सुन्दा अविश्वास लाग्ने तथ्य सार्वजनिक गर्ने प्रयत्न गरेको छ . यद्दपि, यो उनको नितान्त निजी विचार हो . 

ऊनी लेख्छ्न् :  ”तर, २०५८ सालमा भएको नारायणहिटी राजदरबार हत्याकाण्डका साक्षी,
प्रत्यक्षदर्शी र घटनाका पीडितहरू जीवित हुँदाहुँदै सत्यतथ्य बुझ्ने र
जनतालाई वास्तविकताबारे जानकारी गराउन सरकार उदासीन रहनुचाहिँ आफैंमा
आश्चर्य र रहस्यको विषय बनेको छ। उक्त घटनाका साक्षी, प्रत्यक्षदर्शी एवम्
सबैभन्दा ठूला पीडित गोरखशमशेर जीवित छन् । शरीरमा अझै पनि गोलीको घाउ
बोकेर हिँडिरहेका गोरखकी प्रिय पत्नी पनि मारिएकी हुँदा उनलाई
जीवितहरूमध्ये ठूला पीडित भन्न सकिन्छ। तत्कालिक अधिराजकुमारी कोमल पनि
गोली लागेर घाइते बन्नुभएकोमा उहाँ पनि घटनाको एक प्रत्यक्षदर्शी
हुनुहुन्छ। उहाँहरूबाहेक पनि अन्य दर्जनौं व्यक्तिहरू जो घटनास्थलमा थिए र
अहिलेसम्म जीवितै छन्, ती सबैले हत्याराको पहिचान गरेका छन् र स्पष्ट
रूपमा बताएका पनि छन्। घटनाका प्रत्यक्षदर्शी, पीडित तथा साक्षीहरू सबैको
एउटै भनाइ छ– ‘हत्याकाण्ड तत्कालिक युवराज दीपेन्द्रले गराएका हुन्।’
रोचक, उदेकलाग्दो र निर्मम पक्ष के छ भने हामी नेपाली घटनाका
प्रत्यक्षदर्शी र पीडितहरूको भनाइमा विश्वास गर्न तयार भएनौँ, बरु
त्यसताका जङ्गलजीवन बिताइरहेका प्रचण्ड–बाबुरामहरूले उद्घोष गरेका कुरा
पत्याउन राजी भयौँ । निष्पक्ष ढङ्गले र बिनापूर्वाग्रह वास्तविकता
बुझ्नेतर्फ लाग्नुभन्दा जङ्गलकालीन प्रचण्ड–बाबुरामका ‘उद्घोष’ या आ–आफ्नै
घरमा बसेर आफूले अनुमान गरेका कुराको वशीभूत भएर बनेको धारणाचाहिँ सही
मान्न प्रेरित भयौँ, कस्तो विडम्बना !…..”

"……ओरालो लागेपछि मृगलाई पनि खेद्ने ‘संस्कार र संस्कृति’ भएको हाम्रोजस्तो
मुलुकमा ओरालो लागिसकेका पूर्वराजा ज्ञानेन्द्रलाई सहयोग पुग्ने प्रकारको
कुरा गर्नु भनेको आफैंमा एउटा जोखिम उठाउनु हो भन्ने नबुझिएको होइन।
यतिबेला पूर्वराजा ज्ञानेन्द्रलाई न्वारानदेखिको बल निकालेर जसले गाली
गर्न या खेद्न सक्छ ऊ नै ‘महान् क्रान्तिकारी र सही मानिस’ बन्ने अवस्था
छ । झुट र हावादारी अभिव्यक्ति दिएर ‘महान्’ हुनुभन्दा जनतालाई वास्तविकता
बताउँदा अलोकप्रिय र निन्दित होइनु ठीक हुन्छ भन्ने सामर्थ्य जुटाएपछि यो
सामग्री तयार हुन पुगेको हो ।”

प्रस्तुत लेखको पुर्ण अँश यहाँ पढ्न सकिन्छ :

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s