अब चोटहरुले पिरोल्दैन मलाई

मैले काठमाण्डौं जानुपर्छ अब, जागिर खोज्न । पढाई नसकिए पनि पढ्दै र जागिर खाँदै गर्नु पर्छ भन्ने परिवारको मत छ । यहाँ पोखरामा शायदै पाईएला, आखिर काठमाण्डौं राजधानी हो र त्यहाँ अनेक अवसर र मौकाहरुको यहाँ झैं कमी नहोला । औसतको जागिर खोज्न मैले सँभवत: त्यति ठूलो सँघर्ष गर्नु नपर्ला;   झन् ईन्जिनियरिङ्गको सर्टिफिकेट हातमा आईसकेपछि त  कुरा नै अर्कै होला । तर काठमाडौं भन्ने बित्तिकै मलाई नरमाईलो अनुभव हुन्छ, त्यो शहरदेखि  म तर्सन्छु । पछिल्लोपटकको भ्रमणमा मलाई त्यो शहरले स्वागत गरेझैं लागेन बरु मेरो बिदाईसँगै वेदनाको अपार पोको पो ‘सम्झनाको चिनोस्वरुप’ पठाएछ, जुन यहाँ आईसकेपछि मात्र थाहा भयो । काठमाडौं  मेरोलागि वास्तवमै क्रुर सावित भयो, जसले जीवनप्रतिको मेरो आधारभुत दृष्टिकोणमै परिवर्तन गराईदियो अनि म आँफुलाई एक अक्षम, कुरुप, कुनै पनि प्रकारको सौन्दर्यविहिन र लाछीको रुपमा पाउन थालें । अँह मैले केही गर्न सकिनँ, प्रकृतिको त्यो क्रुर नियतिलाई विवश सहनुबाहेक । केही गर्नै सकिनँ । म यति अक्षम बनाईएँ कि  मैले आँफुले गर्न खोजेको सामान्यतिसामान्य काम पनि अधुरै रहे । मैले वास्तवमै कसैलाई प्रेम गरें , जीवनमा नितान्त पहिलो पल्ट र शायद अन्तिम पनि । र, मेरो प्रेमको यति दु:खद र पीडादायक  अन्त्य होला भनेर मैले सोचेको थिईनँ किनकि यस्तो अवस्था सहन गर्न सक्ने मुटु मसँग थिएन, तर….म विवश बनाईएँ, अनि नचाहँदा नचाहँदै र नसक्दा नसक्दै पनि त्यो नियतिलाई बोकेर घिसारिईरहें, लतारिईरहें ।

मर्नु सामान्य काम थिएन यद्दपि मैले यसबारेमा नसोचेको होईन । तर, मेरो मृत्युमा म मात्र होईन मेरो सम्पुर्ण परिवार गाँसिएको छ र म फगत आफ्नो स्वार्थको लागि सम्पुर्ण पारिवारिक मर्यादा र सुख, खुशीलाई तिलान्जली दिन चाहन्नथें ।  म सबभन्दा बढी मेरी आमाको सपनाहरुबाट थिचिएको छु । बाबाले ममाथि गर्नुभएको लाखौं रुपियाँको लगानीमाथि मैले न्याय गर्नै पर्छ । तर……म के गर्न सक्छु ? म आँफैलाई यति अक्षम लाग्छ कि म अचेल मान्छेहरु सँग खुलेर कुरा गर्न पनि सक्दिनँ । अलि अलि भएको आत्मविश्वास पनि अब बाँकी छैन ।  शायद कसैलाई ऊ आँफैले मात्र बुझेर नहुने रहेछ, अरुले पनि उसलाई बुझ्न सक्नु अनिवार्य रहेछ । मेरो हकमा, म आँफुले आँफैलाई बुझें तर अरु कसैले मलाई बुझ्न सकेन, अलिकति पनि । शायद मेरो यो अवस्थाको उत्तर यहींनिर खोज्न सकिएला । कस्तो बिडम्बना ! मेरो प्रेमले मलाई नै चिन्न सकेन ।  के म कसैले बुझ्नै नसक्ने अवस्थामा आईपुगेको हुँ ? के संसारमा म मात्र त्यस्तो मान्छे हुँ जसलाई ऊ आँफै बाहेक अरु कसैले बुझ्न सक्दैन ? जीवन एक्लैलै जीउने होईन, यो त अनेकौं अरु जीवनहरुका विविध आयामहरुसँग गाँसिएको हुने रहेछ ।

के मैले मेरो हराएको प्रेम फेरि पाउनेछु ? असम्भव भन्ने कुरा छैन भन्ने मान्ने हो भने मेरो हराएको प्रेमको पुनरागमनको अत्यन्त झिनो आशा र मेरा प्यारा बाबा-आमाको उम्मीद पुरा गर्न सक्छु कि भन्ने कल्पनाको मसिनो त्यान्द्रोमा म आजसम्म झुण्डिरहेको छु तर थाहा छैन कहिले यो चुँड्नेछ किनकि प्रेमको वियोगमा अविरल झैं बगिरहेका आँसुले त्यान्द्रो भिज्दै छ, गल्दै छ ।

[अब चोटहरुले पिरोल्दैन मलाई गहिरो घाउ छात्तीमै छ……..हो, म बाँचेर पनि मरेतुल्य छु । म खराब थिईनँ, कहिल्यै थिईनँ तर पनि असल मान्छे बन्न सकिनँ । म भक्कानो छोडेर रुन मात्र सक्दिनँ । सपनाहरु सबै बिरानो भए । म वास्तवमै टुक्रिएको छु, शायद कहिल्यै जोडिन नसकिने गरी । के गरुँ म ? कहाँ जाउँ ? कहाँ ? दिन-रात म यो थिलथिलो मुटु लिएर बाँच्न पटक्कै चाहन्नँ, सक्दिनँ ।]

Advertisements

2 responses to “अब चोटहरुले पिरोल्दैन मलाई

  1. ooo my god k kura gareko yasto samundra u love her and u r hurt but marne kura chai garne hoina keep faith on ur love if u love her u will never lose ok? ur going seriously bad yar dont be so you\’re not alone hami sabai chau ni friends, family ok we\’ll talk

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s