निभेको दियो


देशको अवस्था देख्दा पनि दिक्क लाग्छ । साँच्चै, नेपाल यति सारो अराजक र अनिश्चित अवस्थामा यस अघि कहिल्यै थिएन होला । देशलाई सहमतिको राजनीतिमार्फत एउटा निकास दिनुपर्ने बेलामा सबै आआफ्नै डम्फु बजाउन लागिपरेका छन् । एकाथरि बेमौसमको गणराज्य घोषणाको बाजा बजाउँदै छन् । अर्काथरिहरु चीर निद्रामा सुतिरहेझैं भान हुन्छ, मानौं देशमा व्याप्त यतिबिघ्न अराजकता र भद्रगोलबाट ऊनीहरु किन्चित पनि जानकार छैनन् । हुन पनि काँग्रेसएमालेका तारे होटलमा लन्च र डिनर खाने अनि अकुत भ्रष्टाचार; विश्व ब्याँक, मुद्रा कोष र विदेशी गैरसरकारी सँघसँस्थाहरुको डलरले मोटाएकाहरुबाट हामीले के अपेक्षा गर्ने ? दिनभरी ज्याला मजदुरी गरेर दुईछाक टार्न धौधौ हुने करोडौं नेपालीहरुको समस्या कसले बुझिदिने ? दशवर्षे जनयुद्धले पक्कै पनि आशाको दियो बालेको थियो तर त्यो पनि अहिले आएर निभिसकेको छ । माओवादीहरुबाट पनि धेरै आशा गर्ने अवस्था अब रहेन । पश्चिम नेपालका कन्चन र हरिया पहाडहरुबाट शुरु भएको एउटा महान क्रान्तिलाई माओवादी नेताहरुले काठमाडौंको गन्हाउने र कुरुप बाग्मतीमा ल्याएर बिसर्जन गरिदिए ।

सँबैधानिक भनिएका कथित राष्ट्रपति अहिले आएर आफ्नो भुमिकाको खोजी गर्दै छन् । पछिल्लो समयमा बढेको उनको गतिबिधिले दलहरुको अकर्मण्यताले उनको महत्वकाङ्क्षा चुलिएको अनुमान गर्न सकिन्छ । झन् त्यसमाथि सँविधान नै नबन्ने सम्भावनाले सँविधानसभाको औचित्य के हुने भन्ने सवाल यतिखेर छ । शायद यादव महोदय जेठ १४, २०६७ पछिको आफ्नो भुमिकाको लागि तयार भएर बसेका होलान् । यस्तो चौतर्फी सँकट र भद्रगोलको अवस्थामा दलका प्रमुख नेताहरु भने अपत्यारिलो रुपमा निश्चिन्त देखिन्छन् । देश र जनताको भलाईको लागि, चिन्तनको लागि आफ्नो सम्पुर्ण समय खर्चिनु पर्ने पुष्पकमल दाहाल प्रचण्डएउटा मामुली कार्यक्रममा घण्टौं बिताईदिन्छन्। अस्तिको नेवा गणराज्यघोषणा कार्यक्रममा कैयौं घण्टा ऊनी मन्चमा हलचल नगरी बसे । के त्यो समय अरु कुनै उत्पादनशील कार्यमा लगाउन सकिन्नथ्यो ? उनको एउटा सानो प्रयास र कामले मात्रै पनि जनता र समग्र देशमा ठूलो प्रभाव पार्न सक्छ । तर त्यस्तो महत्वपुर्ण समय उनले फगत मन्चमा बसेर बिताईदिए । नेताहरु मात्र किन ! हामी आँफै पनि कुनै काम गर्नुभन्दा बरु दिनभरी पलेटी मारेर नेताहरुको भाषण सुन्न तयार छौं । ख्वै समयको महत्व ? यी एमालेकाँग्रेसको त के कुरा गर्नु ! २०४७ सालदेखि नेपाल र नेपाली जनतामाथि यिनिहरुले बलात्कार गरिरहेका छन्, लुट मच्चाईरहेका छन् । लावालस्कर लिएर प्रधानमन्त्री माधव नेपाल हप्तौं लामो कोपनहेगन भ्रमणमा निस्किएका छन् । देशमा यस्तो सँकटको बेलामा मुलुकको प्रमुख कार्यकारी यति लामो विदेश भ्रमणमा किन जानुपर्ने ? सरकारी सम्पत्ती स्वाहा पारेर सम्मेलनमा सरोकार नै नभएका स्वास्थ्य मन्त्री, सँस्कृति मन्त्री, अर्थ मन्त्री, परराष्ट्र मन्त्री लगायतका अरु जन्तीहरु किन जानुपर्ने ? तिनिहरु किन बुझ्दैनन, यस्तो घिनलाग्दो कार्यले अन्तर्राष्ट्रिय स्तरमा नेपालको साख गिरेको ? सबै चोरै चोर । त्यो उपप्रधानमन्त्री  विजय गच्छदारले प्रत्येकलाई महिनाको तीसौं हजार तिरेर फोरम (यादव) पक्षका दुईजना सभासद्लाई किनेर राखेको छ । कति घिनलाग्दो कुरा ! सबै चोरै चोर । किन कसैले देशको बारेमा सोच्दैन ? किन कसैले जनताको व्यथा बुझ्दैन ? दोष राजनीतिक दल र नेताहरुको मात्र होईन, सदियौंदेखि जनताको पसिनामा रजाईं गरेर बसेको पश्चगामी नोकरशाहीको पनि हो

अघि हिमाल खबरपत्रिकामा तराईको विपन्न दलित बस्तीको दयनीय अवस्थाबारेको रिपोर्टिङ् पढ्दै गर्दा मन अमिलो भयो । भोको पेटले राजनीति, राष्ट्रियता, सँविधानसभा, कालापत्थर बैठक, ‘ नयाँ नेपाल‘, गणराज्य घोषणा आदिईत्यादि होईन, एक छाक भात खोज्छ । जबसम्म यी आधारभुत आवश्यकता पुरा हुँदैनन तबसम्म कथित राष्ट्रियता, सँविधानसभा, ‘नयाँ नेपाल‘, राजनीति, गणराज्य घोषणा आदि कुराहरुको कुनै अर्थ रहन्न । मार्क्स भन्छन्, मानिसले राजनीति, अधिकार, धर्म, दर्शन ईत्यादिको लागि त्यतिबेला मात्र अग्रसरता लिन्छ, जब उसका आधारभुत आवश्यकता (खानु, पिउनु, लगाउनु अनि बसोबास) पुरा भईसकेका हुन्छन् ।……. मोटरसाईकल चढ्ने मान्छेले पेट्रोलमा भएको केही रुपियाँको मुल्यवृद्धिलाई सहज रुपमा लिनुपर्छ, लिन सक्छ । एल.पी. ग्याँसमा खाना पकाउने गृहिणीलाई ग्याँसमा भएको केही सय रुपियाँको मुल्यवृद्धिबाट त्यति ठूलो समस्या नपर्ला । किनकि त्यो हदसम्मको सुविधा उपयोग गर्नेहरुले अलिकति बढी तिर्न पक्कै सक्छन् । तर यहाँ समस्या त ती करोडौं गरिब अनि दीन: दुखीहरुको हो, जसको घरमा टुकी बाल्नलाई मट्टीतेल समेतको अभाव छ, खानलाई चामल छैन, पानी छेक्ने छानो छैन ।  एक्काईसौं शताब्दीको जति नै ढ्वाङ्ग फुके पनि बहुसँख्यक  हामी
नेपालीहरु अझै पनि मानव विकासको त्यो प्रथम चरणमै छौं, जहाँ जिविकाको लागि
मान्छेको संघर्ष, प्रतिस्पर्धा प्रकृतिसँग हुन्थ्यो

कहिलेकाहीं म सोच्छु, माओवादी नेता डा. बाबुराम भट्टराई जस्तै कर्मठ र प्रतिबद्ध अनि मातृका यादवजस्ता क्रान्तिकारी नेताहरु यो देशमा भैदिए कस्तो हुन्थ्यो होला ! हुन त उनलाई (भट्टराई)पनि सँसदवादी र भारतपरस्त नेताको आरोप नलाग्ने होईन ।

काठमाडौं फोहोर झुपडपट्टी बाट एउटा वास्तविक शहर कहिले बन्ने ? पोखराले पनि बिस्तारै आफ्नो सौन्दर्य गुमाउँदै छ , तर कसैलाई मतलब छैन । सबै चोरै चोर । यो सिष्टमयति खत्तम किन ? कोही करोडौंको मालिक छन्, कसैको एउटा टुक्रो जमीन छैन तर परिश्रम त्यही एक टुक्रो जमीन नहुनेले बढी गरेको हुन्छ । एउटा गीत नै छ, रामेशले गाएको: ‘कोही त भने जहाजमा हरर, कोहीको भने पसिना तरर, हाम्रो नेपालमा। राज्य शक्ति र सत्ताको दुरुपयोग गरेर मोटाएका ती सबै सामन्त, नोकरशाह र पुँजीपतिहरुको सम्पति गरिबहरुलाई बाँडीदिनुपर्छ । पुँजीपतिहरुको घरजग्गा, सम्पत्ती कब्जा गरेर माओवादीले जनयुद्धकालमा सराहनीय कार्य गरेको थियो । मानौं, कसैसँग 100 रुपैयाँ छ । उसलाई 25 रुपैयाँले काम चल्छ भने बाँकि 75 रुपैयाँ अरु तीन गरिबहरुलाई बाँड्न सकिन्छ, जसको जीवन केही मीठोमसिनो खाने र राम्रो लगाउने सुदुर आशामा दिनरात मेहनतमजदुरी गर्दैमा बित्छ । सबैजना बराबर हुनुपर्छ । धनीको सम्पत्ति गरिबलाई बाँड्नु स्वभाविक हो ।

यो सिष्टमयति खत्तम किन ? किन ? यो सिष्टमविरुद्ध किन घृणा र आक्रोश मात्र उब्जन्छ ?

साँच्चै, हामी भौतिक विकास र प्रगतिले मात्र होईन, विचारले पनि दरिद्र छौं ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s