बिर्सन खोजिएको सत्य

आज पुस 27 गते, पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस । नेपाल राष्ट्रका निर्माता श्री 5 पृथ्वीनारायण शाहको सम्झनामा मनाउने गरिएको यो महान दिन केही वर्षदेखि पात्रोबाट हराएको छ वा भनौं जबरजस्ती हटाईएको छ । परिवर्तनको दुहाई दिनेहरुले ऐतिहासिक सत्यलाई जसरी कुल्चने र बिर्सने कुचेष्टा गरेका छन्, त्यसको भावी परिणाम त सुखद हुँदैन नै, बरु अहिल्यै नै त्यसका डरलाग्दा सँकेतहरु देखिन थालिसकेका छन् । राष्ट्रनिर्माता श्री 5 पृथ्वीले एकताबद्ध गरेको मुलुक अहिले छिन्नभिन्न हुने खतरातर्फ अघि बढिरहेको छ । तर रोक्ने कोही छैन । फेरि एकपटक श्री 5 पृथ्वीको आवश्यकता छ यो देशमा । दु:ख-सुख सदियौंदेखी शाहवँशको छहारीमा हुर्केको नेपालले अहिलेको यो तथाकथित गणतन्त्र र यसबाट सिर्जित अराजकता, राज्यहीनता, अव्यवस्था र हिंसारुपी चर्को घाम सहन नसक्ने देखिईसकेको छ । विगतलाई कलंकित बनाउँदैमा भविष्य सुखद हुँदैन । सत्यलाई बिर्सन, लुकाउन त खोजिएला, तर सकिन्न । किनकि सत्य अजर, अमर र सर्वव्यापी  हुन्छ । 

अरु त अरु, केही समयअघि सम्पन्न गोरखा महोत्सवमा पनि राष्ट्रनिर्माताको बारेमा कहींकतै एउटा शब्द पनि उल्लेख गरिएन जबकि गोरखा आज जे छ, त्यो राष्ट्रनिर्माता पृथ्वीकै देन हो ।

राष्ट्रनिर्माता श्री 5 पृथ्वीप्रति हार्दिक श्रद्धान्जली तथा सम्झना !!!

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s