विपत्ति: जीवनको नियति

”बाबु,तिमी डाक्टर बन, म तिम्रो कर्मचारी बनेर आउँला अनि सँगै काम गरौंला” । वर्षौं अघि हाम्रो घरमा बस्ने एकजना स्वास्थ्यकर्मी अंकलले भनेका यी शब्दहरु अहिले पनि मेरो दिमागमा गुन्जिरहन्छन् । म डाक्टर त बनिनँ के थाहा त्यतिखेर कि समयक्रममा म कुनै दिन ईन्जिनियरिङ्ग क्षेत्रमा लाग्नेछु । भनेको कुरा कहाँ पो पुगेको छ र । त्यतिखेर डाक्टर, ईन्जिनियर भनेको के के हो ठूलो जस्तो लाग्थ्यो र आँफु पनि त्यस्तै बन्न पाए हुन्थ्यो भन्ने कल्पना गरिन्थ्यो ।

घर बनाउन नसक्ने पनि के को ईन्जिनियर ! अहिलेसम्म पनि नेपालमा औसत सामाजिक सोचाई यही छ । ईन्जिनियरीङ् भन्नासाथ सिभिल ईन्जिनियरीङ्लाई बुझ्ने चलन छ ।

‘जे जस्तो भए पनि खुशी नै मान्नुपर्छ कि म सिभिल ईन्जिनियर बन्दैछु;  त्यो देशमा जहाँ डाक्टर, ईन्जिनियर त परको कुरा, कखरा पनि नचिन्ने मान्छेहरुको जमात बाक्लै छ । पैसा नकमाईएला सही, ईन्जिनियर भन्ने नाम त रह्यो !’ – मेरो कहिलेकाहींको तुच्छ आत्मरति । हा हा । म दङ्ग पर्छु, कहिलेकाहीं ।

भन्छन् , विपत्ति एक्लै आउँदैन । एकपछि अर्को गरि विपत्तिहरु मानव जीवनमा स्वभाविक जस्तै बन्दछन् । म कति खुशी थिएँ, दिनेश दाईको शुभविवाह नजिकिँदै थियो । मनमा कता कता नमिठोपन रहँदारहँदै पनि उहाँको बिहेमा म साँच्चै रमाउने उत्कट आशा अनि पर्खाईमा थिएँ । अझ भनौं, म अबोध जस्तै बनाईएको थिएँ । अबोधता जीवनको त्यो सुख हो, जुन हामी शायदै अनुभव गर्न सक्छौं किनकि बाल्यकालमा हाम्रो सोचाईको सिमितताले अनुभव गर्न सक्दैनौं अनि पछि तन्नेरी भएपछि त्यो हराएर गईहाल्छ ।

भन्छन्, खुशी क्षणभरको लागि अनि दु:ख सँधैको लागि । बिहेको मिति नजिकिँदै जाँदा दिनेश दाईमाथि जुन अत्यन्त दु:खद घटना घट्न पुग्यो, त्यसले हामी सम्पुर्णलाई स्तब्ध बनायो । अझ भनौं विश्वास गर्नै सकिरहेका छैनौं । यद्दपि, यस अर्थमा हामी खुशी छौं कि उहाँ त्यस घट्नाका बावजुद शकुशल हुनुहुन्छ । उहाँको बहुप्रतीक्षित बिहे रोकिनु अर्को ‘विपत्ति’ थियो भन्ने म मान्छु । घरमा अँध्यारो अनि सुनसान छ, खोई कहाँ हराए अस्तिसम्मका खुशीहरु ?

पैसाले शत्रुमात्रै कमाउने रहेछ । अहिले प्रष्टै ज्ञात भयो । दिनेश दाई त शकुशल आउनुभयो, तर जुन् घटनाको उहाँ शिकार हुनुभयो, त्यसले लामो समयसम्म हामीलाई झस्काईरहने छ ।

मेरा प्रिय दिनेश दाईको शीघ्र स्वास्थ्यलाभको हार्दिक शुभकामना अनि अपार माया ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s