के त्यो सत्य थियो ?

के थियो, आज के भयो । सबै सपना जस्तै लाग्छ । कहींकतै कुनै कुनामा, एकान्तमा अनि आफ्नै अन्तर्मनमा पनि मैले यो विपत्तिलाई स्वीकार्न सकेको छैन, शायद म यसलाई सत्य मान्दिनँ । कसरी मानुँ ? तर ढिलोचाँडो सत्यलाई स्वीकार नगरी सुख पनि छैन र जुन दिन मैले यो विपत्तिलाई सत्य स्वीकार्नेछु त्यही दिन सबथोक समाप्त हुनेछ ।  पीडा असह्य भईराखेकै छ र म झन्झन् विक्षिप्त बन्दैछु ।

डिसेम्बर 15, 2008 को राति 9 बजेतिर ममाथि जे विपत्ति आईलाग्यो, त्यसले दिएको दु:ख र पीडा म बताउन, बुझाउन सक्दिनँ । एकदिन मर्नु नै छ भने आँफू यतिसारो पीडित भएर र अरुलाई पनि तनाव दिएर बाँच्नुभन्दा मरिजानु ननिको होईन । अन्तत: मृत्यु दु:खद होईन । रोएर बाँच्नुभन्दा रुवाएर जानु निको हो । रोएर बाँच्नेले सँधैभरि नै रुनुपर्ला तर मरेर जानेले आफ्ना आफन्तलाई केही दिन वा हप्तासम्म मात्र रुवाउने हुन् । म यस्तै सोच्छु कहिलेकाहीं ।

(केही शब्दहरु जगदीश घिमिरेको ‘अन्तर्मनको यात्रा’ बाट लिईएका हुन् ।)

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s