नयाँ वर्ष २०६७ को शुभकामना ।

”उपहार के दिउँ तिमीलाई खाली छन् यी मेरा हातहरु; खुशी त झन् के नै दिन सक्छु र तिमीलाई, मनभरि छन्  दु:ख र पीडाहरु; हाँसो के दिउँ तिमीलाई, बन्द छन् यी मेरा ओठहरु; मुस्कान पनि दिन सक्दिन किनकि मुटुभरि छन् गहिरा आला चोटहरु ….नयाँ वर्ष २०६७ को शुभ उपलक्ष्यमा सु-स्वास्थ्य, दीर्घायु, तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना  व्यक्त गर्दछु ……”

कसैले मलाई पठाएको नयाँ वर्ष २०६७ को यो शुभकामना सन्देशले मन छोयो अनि  उक्त सन्देश यहाँ जस्ताको तस्तै उल्लेख गरेको हुँ ।    

बितेको वर्ष रोएरै बित्यो र अबको नयाँ वर्ष पनि कुनै फरक होला जस्तो लाग्दैन । खुशी र चाहनाहरु त उहिल्यै मरिसके, म रागशुन्य भएको छु । भावरहित होईन, तर फुङ्गो छु, उदाङ्गो बनाईएको छु । जिन्दगीको यात्रा यस्तरी बिथोलियो कि म किंकर्तव्यविमूढ छु– विगत फर्केर आउन्न, भविष्यको कुनै आशा छैन । अहिलेसम्म जसोतसो बाँचेको छु, तर वास्तवमा मृतप्राय: छु । हाँसो के हो, बिर्सिसकें । बाँच्नु त आखिर आँसुसँगै छ तर आँसुलाई पनि आफ्नो बनाउन सकिनँ । रोएर कतिदिन बाँच्नु ? यहाँ आँसु कहिल्यै हाँसो बन्नेवाला छैन । समुद्र सुक्ला, आकास खस्ला तर आँसु कहिल्यै हाँसो बन्दैन । आँसुकै सागरले एकदिन डुबाएर मार्नेछ ।

कुरुपता पनि एकप्रकारको सुन्दरता नै हो,  तर विकृत । कुरुप मान्छे, वस्तुलाई एकचोटी फर्केर नहेर्ने को होला र ! यो आकर्षणकै कारणले हो, विकृत आकर्षण (सुन्दरता)। म यति रित्तो अनि खोक्रो बनाईएको छु कि म आँफुले आँफैलाई प्रेम गर्दिनँ, यो कुरुप शरीरलाई किन गर्नु जसले मलाई आँसु अनि दु:ख-पीडा बाहेक केही दिएन ? म सँसारलाई घृणा गर्छु, मान्छेहरु मलाई घिन लाग्छन् । यो सँसार जसले मलाई सँधै गलत अर्थ्यायो, मेरो गलत व्याख्या गर्र्यो अनि मेरो कुरुपता, अक्षमतामा ताली बजायो, रमायो ।

तर, प्रेम: हिलोमा फुल्ने कमल; अनि म त्यसै तानिएँ । अनायासै म रागी बनाईएँ, मभित्रको सुषुप्त आत्मा एकाएक बौरियो । थाहा छ, एकदिन त्यो कमललाई हिलोले पुर्नेछ अथवा झर्नेछ (म किन टिप्न सक्दिनँ ?), तर पनि त्यो यति सुन्दर छ कि म एकछिन पनि त्यसलाई नहेरी रहन सक्दिनँ, त्यसको सामिप्यता मलाई औधी प्यारो छ । तर, के थाहा, त्यही हिलोकै  दलदलमा म एकदिन गाडिने छु, फेरि कहिल्यै नउठ्ने गरि– त्यो विछट्टै सुन्दर कमललाई हेर्दाहेर्दै, मुटुभरि त्यसको सौन्दर्य कैद गर्दागर्दै । मृत्यु सुन्दर छ, ठिक ढंगले आत्मसात गर्न सक्यौं भने । प्रेम नै एकमात्र त्यो वस्तु हो, जसले सुन्दर जीवन मात्र होईन, उत्तिकै सुन्दर मृत्यु पनि संभव तुल्याउँछ ।

सबैलाई नयाँ वर्षको शुभकामना, विशेषत: त्यही कमल, जसमा म मुग्ध छु– मेरो नि… ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s