रूपैयाँ कि रुपैयाँ ?

केही वर्ष अघिसम्मको ‘रूपैयाँ’ अहिले ‘रुपैयाँ’ भएको छ किन हो, थाहा छैन पछिल्लो पटक नेपाली भाषाको सहजीकरण/सामान्यीकरण गर्ने नाममा व्याकरणका साथै  कैयौं  भाषिक नियमहरू तोडमोड गर्ने कसरत चलेको छ तर मुद्रा जस्तो राष्ट्रको पहिचान बोक्ने कुरामा समेत नेपाली भाषाको जथाभावी प्रयोग गरिएको छ केही वर्ष अघिसम्म नोटहरूमा लेखिने दिर्घ ‘रू’ सहितको रूपैयाँलाई अहिले ह्रस्व ‘रु’ सहितको ‘रुपैयाँ’ लेखिएको छ समयक्रमसँगै भाषाको परिमार्जन र परिस्कार हुँदै जानु स्वभाविक हो तर भाषाको मौलिक र आधारभुत नियम अनि मानक नै तोडिने गरी अन्धाधुन्ध प्रयोग गर्नु भाषामाथिकै आक्रमण हो नेपालमा कागजी नोटको प्रचलनदेखि नै नोटमा दिर्घ ‘रू’ सहितको रूपैयाँ लेख्ने गरिएको थियो तर पछिल्लो केही वर्षयता रूपैयाँ ‘रुपैयाँ’मा परिवर्तन भएको छ यसलाई के भन्ने ?

          (केही वर्ष अघिसम्म नोटमा दिर्घ ‘रू’ सहितको रूपैयाँ लेखिन्थ्यो)

                               (अहिले ‘रुपैयाँ’ लेखिन्छ )

अन्य किताब अनि पत्र-पत्रिकाहरूमा चाहिं कतै ‘रूपैयाँ’ लेखिएको पाईन्छ भने कतै ‘रुपैयाँ’ ह्रस्व- दिर्घ, तर्कुल्ले- बर्धन्ने जस्ता आधारभुत व्याकरणीय नियममै तोडमोड गरी मनपरी ढंगले भाषाको प्रयोग गर्ने हो भने भाषाको सहजीकरण होईन बरु क्षयीकरण होला, जुन् भईरहेकै छ

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s